Ram Bishta Abhinandan Granth

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

Share this news

सांगीतिक जीवनमा स्वर्ण वर्षको सफल यात्रा पूर्ण गरे बापत रमेश बन्धु प्रकाशन, सोनादा तथा जीवन ज्योति फाउन्डेसन, तकदाह टिस्टा भेली क्षेत्रद्वारा ‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण कार्यक्रम स्थानीय पुमोङ जनखेल मैदानमा शनिबार आयोजन गरियो। संगीत, साहित्य अनि समाजका दिग्गज हस्तीहरुको उपस्थितिमा लोकार्पण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। स्मरण गराइन्छ, राम बिष्ट तिमोथीले वितेको पचास वर्षअघिदेखि सङ्गीत क्षेत्रमा गर्दै आएको योगदान महत्वपूर्ण रहेको छ। उनको योगदानलाई कदर गर्दै उनलाई विभिन्न ठाउँमा विभिन्न सङ्घ-संस्थाहरूले अभिनन्दन जनाइसकेका छन्। पुमोङ क्षेत्रमा जन्मेका राम बिष्ट तिमोथीले ख्रीस्तीय गीतहरूको रचना, सङ्गीतलगायत गायनमा अनगन्ति गीतहरू निर्माण गरेका छन्। उनले आफ्नो क्षेत्रका नवप्रतिभाहरूलाई जुन प्रकारले सङ्गीतको क्षेत्रमा प्रोत्साहित गरिरहेका छन्, त्यसको विशेष महत्व रहेको छ। उनको अभिनन्दन ग्रन्थ अनि शुभकामना गीतको लोकार्पणको लागि विभिन्न ठाउँका संगीत, साहित्य अनि समाजका व्यक्तित्वहरूले उनलाई शुभकामना र वधाइ दिएका छन्। रमेश बन्धु प्रकाशन, सोनादा तथा जीवन ज्योति फाउन्डेसन, तकदाह टिस्टा भेली क्षेत्रले राम बिष्ट तिमोथीको योगदानलाई ध्यान दिएर उनको अभिनन्दन ग्रन्थ अनि शुभकामना गीतको लोकार्पणको कार्यक्रम गरेर एउटा कोशेढुङ्गो स्थापित गरेको जानकारी पाइएको छ।


Share this news
आजको रोजाइ
एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

क्यापका नेताहरूले मुख्य निर्वाचन अधिकृतसँग गरे बैठक

क्यापका नेताहरूले मुख्य निर्वाचन अधिकृतसँग गरे बैठक

क्यामेराको यात्रामा संघर्षले बलिवुडमा तिखारिएका निगम बम्जन

क्यामेराको यात्रामा संघर्षले बलिवुडमा तिखारिएका निगम बम्जन

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन