Successful Paragliding Landing: Thanks to Chief Minister
Successful Paragliding Landing: Thanks to Chief Minister

प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

Share this news

रिनाक निर्वाचन क्षेत्र विधायक तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा रिनाक निर्वाचन समष्टिलाई एक प्रसिद्ध पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले आइतबार रिनाक पर्यटन विकास समितिको तत्वावधाननमा प्याराग्लाइडिङ्गको सफल परीक्षण गरियो। समष्टिको अम्बा र थुम्की डाँडाबाट कुल १० जना स्थानीय पायलटले ट्रायल सम्पन्न गरे। यी दुवै डाँडाबाट टेक अफ गरिएको थियो भने सफल अवतरण रोडाथाङमा गरिएको थियो। मुख्यमन्त्रीका सल्लाहकार तथा पूर्व मन्त्री विष्णु कुमार खतिवडाले थुम्की डाँडादेखि झण्डा देखाएर यसको शुभारम्भ गरेका थिए। यस अवसरमा मुख्यमन्त्रीका सीए उर्गेन लेप्चा, जिल्ला पञ्चायत अध्यक्ष ल्हाडेन ल्हमु भोटिया, उपाध्याक्ष प्रभा प्रधान, सूचना आयुक्त कुबेर भण्डारी, आइटी विभागका ओएसडी बुम छिरिङ योञ्जन, टास अध्यक्ष लुकेन्द्र रसाइली, एपीएस बिशाल पोखरेल, डीएफओ सोनाम पिन्छो भोटिया, एसडीएम थेण्डुप लेप्चा, बीडीओ साङ्गे तामाङ र सोनाम छोपेल भोटिया, एसएचओ पाक्योङ प्रदीप छेत्री, एसकेएम कानुनी प्रकोष्ठका उपाध्याक्ष ओपी भण्डारी, पाक्योङ जिल्ला अध्यक्ष मिलन सिलवाल, युवा जिल्ला संयोजक ओङडुप योञ्जन, रिनाक पर्यटन विकास समितिका अध्यक्ष विनोद सुब्बा, महासचिव भेषराज शर्मा, पर्यटन विभागका अधिकारीहरू, जिल्ला र ग्राम पञ्चायत सदस्यहरू, पूर्व जिल्ला उपाध्याक्ष कल्पना मोक्तान, डा. साङ्गे काजी, पार्टीका विभिन्न स्तरीय प्रतिनिधिहरू लगायत स्थानीय जनताको उत्साहजनक उपस्थिति रहेको थियो। मुख्यमन्त्रीका सल्लाहकार बिष्णु कुमार खतिवडा, मुख्यमन्त्रीका सीए उर्गेन लेप्चा र पाक्योङ जिल्ला युवा संयोजक ओङडुप योञ्जन तामाङले प्याराग्लाइडिङ्गको सफल सञ्चालनले यस क्षेत्रमा पर्यटन विकास भएर जाने मन्त्व्य राख्दै यो पहलको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक आभार व्यक्त गरे। यसको सफल आरोहणले क्षेत्रमा पर्यटन विकासको दिशामा एउटा माईलखुट्टी स्थापना गरेको छ भने यसले स्थानीय युवाहरूलाई गरिखान र स्वनिर्भर बनाउन धेरै अवसरहरू सिर्जना गर्नेछ। होटल व्यवसाय, होम स्टे लगायत टुर एवं ट्राभलमा यसले ठुलो टेवा पुग्ने सम्भावना जाहेर गरेको छ। सफल आरोहणपछि सबै प्याराग्ल्याईडरहरूलाई सम्मान जनाइएको थियो। अर्जुन कुमार राईको नेतृत्वमा जर्मनी, कोरिया, लद्दाख, लगायत स्थानीय प्याराग्ल्याइडरहरू सहभागी थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ