यो कथा हो ईश्वरको देन ममाथि
सुन न मेरा प्यारा असल साथी
एक दिन मैले जन्म लिएँ यो धर्तीमाथि
संसारको माया जालमा भुल्न थालें कति कति।
२.
गाउँ-घरमा खेल्न मस्त छु अब म
खेल्न पाए मलाई पुग्छ साथीहरूसंग छु म
न मलाई आमा, बुवाको याद आउँछ
न त दिदी-बहिनीहरुको सम्झना नै आउँछ।
३
साथीहरूसंग खेल्न पाउँदा कति खुशी लागेको
समय बित्दै जाँदा पनि आफूले थाहै नपाएको
यस धर्तीमा खेल्न पाउँदा कति राम्रो लागेको
मेरो मनको कुरा भन्न धेरै रमाइलो छ लागेको।
५.
मेरो बाल्यकालको कथा कसले लेखिदिने होला ?
म त हिँडिरहेको छु है एक यात्री भै
कसले पो मलाई सम्झिन्छ होला ?
साथीहरूसंग खेल्दा-खेल्दै किन मेरो
मनमा यस्तो भावना आएको होला ?
कि एक दिन म ठूलो भएर आफै सम्झिन्दै लेख्छु होला।
५.
आजको दिन हेर बित्न लागिरहेको छ
अब आफ्नो आफ्नो घरतिर जाने समय भएको छ
आजको दिनको मेरो समय यहाँ नै अन्त हुनेछ
एक दिन मेरो एउटा कथा नै जीवनको कथा बन्ने छ।।
–दिवाकर शर्मा ढुङ्गेल (आरनोवा)
देवी डाङ्गा, सिलगढी।
