लाटपञ्चरमा सिन्कोना प्लानटेशन लेबर युनियनका केन्द्रीय उप सभापति कमल राईको एउटा सभाको आयोजन गरियो। जसमा युनियनको लाटपञ्चर शाखा गठन गरिएको छ।जसमा सभापति सुधर तामाङ, उप सभापति शैलेन्द्र थापा, सचिव पानु सेवा, सह सचिव सुरज खम्बु राई कोषाध्यक्ष सूरज राई चयन भएका छन्। सभामा समष्टि सचिव शेखर थापा, केन्द्रीय सदस्य प्रमोद राई, पञ्चायत समिति एण्ड्रु सुब्बा, युवा मोर्चा समष्टि सचिव शुसिल राई, सांगठनिक सचिव संजय गुरूङ, युनियन केन्द्रीय सदस्य राजेस राई भागोप्रमो लाटपञ्चर खण्ड समिति सभापति रञ्जित देवान, युनियन सिटोङ लाट जोनल सभापति नवीन चामलिङ आदिको उपस्थिति रहेको थियो।
