दिल्लीमा दार्जीलिङका सांसद राजु विष्टले गृहमन्त्रालय, भारत सरकारद्वारा मनोनीत मध्यस्थकर्ता (Interlocutor) पंकज कुमार सिहंलाई उनको कार्यालयमा भेट गरेको समाचारमा विनय तामाङले खुशी व्यक्त गरेका छन्। यो भेटघाटको अवसरमा दुवै व्यक्तित्वहरूले भारत सरकारद्वारा दार्जीलिङ पहाड सिलगडी तराई डुवर्स अनि गोर्खा जातिको निम्ति निर्देश गरिएको जिम्मावारी अनि कार्यनीतिमाथि विचारको आदान-प्रदानले आउने दिनहरूमा अवश्य नै सकारात्मक दिशा लिने तामाङले विश्वास व्यक्त गरेका छन्।











