हाम्रो राजनीति समाज परिवर्तनको हो, सत्ता मोहको होइन: अनित थापा

Share this news

दार्जीलिङ,25 जुलाई(निसं): दार्जीलिङ नगरपालिका क्षेत्रका 27,28 अनि वार्डहरुका प्रतिनिधिहरूसँग भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) पार्टी अध्यक्ष अनित थापाको भेटवार्ता कार्यक्रम बिहिबार दार्जीलिङ जज बजारमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा भयो। भेटवार्तामा उपस्थित वार्ड प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा भइरहेका विकास कार्यहरूमा पार्टीले गरेको भूमिकाप्रति आभार व्यक्त गरे।
यस अवसरमा अध्यक्ष अनित थापाले पार्टीको सङ्गठन मजबूत बनाउने आवश्यकतामा जोड दिए, साथै बीजीपीएम केवल राजनैतिक दल होइन, पहाडको नयाँ सोच पनि भएको बताए। उनले स्पष्ट पारे, हामी दलको अस्तित्वको लडाइँमा होइन, पहाडको र समाजको परिवर्तनको सङ्घर्षमा मैदानमा उत्रेका छौं। चुनाव जित्ने हाम्रो रहर होइन, चुनाव जिताउने काम जनताले गर्छ। उनीहरूको सोचले चुनाव हार्ने अनि नहार्ने निर्णय गर्छ। प्रजातान्त्रिक काम, व्यवहार, सोच अनुभव गरेर नै जनताले भोट दिन्छन्।
थापाले भने,हाम्रो राजनीति समाज परिवर्तनको राजनीति हो, सत्ता मोहको होइन। हामी गाली गर्ने, आरोप लगाउने राजनीति गर्दैनौं। हाम्रो राजनीति व्यवहारिक, सकारात्मक र मौलिक छ। आफ्नो तातो रगत भए पनि हामी ठण्डा दिमागबाटै निर्णय लिन्छौं।
उनले विश्वास व्यक्त गर्दै भने,  दार्जिलिङ शहरको सोचमा एकदिन पार्टीको नयाँ दृष्टिकोण अंकित हुनेछ अनि त्यसैदिन पहाडको पूर्ण परिवर्तन हुनेछ। उनले सबैलाई साथै लिएर अगाडि बढ्ने आव्हान गर्दै भने, हिडौँ सँगै, पुगौँ सँगै।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न