Observance of International Cooperation Day

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

Share this news

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन गर्दै रङबुल उच्चतर माध्यमिक विद्यालयमा दार्जीलिङ जिल्ला सेन्ट्रल को-ओपरेटिभ बैंक अनि को-ओपरेटिभ डिपार्टमेन्टकाे पक्षबाट एउटा जागरूकता कार्यक्रमको आयोजना गरियो। प्रधान अध्यापक हरिश कमल लिम्बूको अध्यक्षतमा आयोजित यस कार्यक्रममा सरगम बराइली, सहायक शिक्षा अधिकारी, को-ओपरेटिभ डिपार्टमेन्ट, उत्तरी क्षेत्र, शुभम् छेत्री, फिल्ड अफिसर, को-ओपरेटिभ बैंकको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नानीहरूलाई काे-ओपरेटिभ साथै वृक्ष रोपण लिएर जागरूकता गराइयो। यस अवसरमा नानीहरुद्वारा वृक्ष रोपण पनि गराइयो। यसै गरी कार्यक्रममा नानीहरूको निम्ति खुल्ला हाजिरी जवाफ अनि हिज्जे प्रतियोगिताको आयोजन पनि गरियो। जसमा हाजिरी जवाफ प्रतियोगितामा प्रथम अनन्त राई, दोश्रो गौरव प्रधान, तेस्रो रहे भने हिज्जे प्रतियोगितामा प्रथम स्वदिप तामाङ दोश्रो रोनित राई अनि तेस्रो सशाङ तामाङ रहे। विजयी नानीहरुलाई पुरस्कृतसँगै प्रमाण पत्र पनि वितरण गरियो।

 


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न