सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन

Share this news

दार्जिलिङ जिल्ला प्रशासन र खरसाङ डिभिजन फरेस्टको आयोजनामा वन संरक्षण र जल स्रोतको संरक्षणको लागि आज खरसाङको चित्रेस्थित कालपोखरी सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन गरिएको छ। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र दार्जीलिङ जिल्ला शासक आइएएस डा. प्रीति गोयलको बाहुलीबाट झोडा सुन्दरीकरण प्रोजेक्ट बोर्डको अनावरण गरिएको छ। यस अवसरमा उक्त सेलेमेण्डर झीलमा पूजा अर्चना गरेर वन संरक्षण र जल स्रोतको संरक्षणको लागि वृक्ष रोपणको कार्य पनि सम्पन्न गरिएको छ‌। जसमा जिल्ला शासक डा प्रिति गोयल र जीटीए प्रमुख अनित थापाको संयुक्त बाहुलीबाट यसको अनावरण गरिएको छ।‌ यस अवसरमा जीटीए प्रमुख अनित थापा र जिल्ला शासक डा. प्रीति गोयलले यहाँ वृक्ष रोपण कार्य पनि गरेका छन्। यसको साथै खरसाङ महकुमा शासक आइएएस बिन्दबासिनी तेजा दिपक, डीएफओ आईएफएस देबेस पाण्डे, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री, सभासदहरु श्याम शेर्पा र नुरी शेर्पा, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरजा अनीश शाह, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरु उपस्थित भएर वृक्ष रोपण कार्यमा सहभागिता जनाएका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न