रातीको हावा-हुन्डरीले सामुएल सुब्बाको घरलाई क्षति

Share this news

मजुवा,21 जुलाई(निसं): हिजो मध्य रातीको भयानक हावा-हुन्डरीले अप्पर सिङ्गबुङ्ग डेरा निवासी सामुएल सुब्बाको घर क्षतिग्रस्त बनाएको छ। दार्जीलिङ-पुलबजार  खण्ड अधिनस्त मजुवा ग्राम अन्तर्गत अप्पर सिङ्गबुङ्ग डेरा निवासी सामुएल सुब्बाको निर्माण हुदै गरेको घरमा रूख ढलेर आज बिहानी पखको भयनाक हावाले क्षतिग्रस्त बनाएको छ। पीडित सुब्बाले जनाए अनुसार, कंक्रिट ढलाइ स्लेप-को निम्ति सटिङ गरिएको थियो भने घर माथिबाट रूख भाँचिएर लडदा नवनिर्माण घरको सटिङ क्षतिग्रस्त बनाएको हो भने उक्त क्षतिग्रस्त घर स्थलगत निरीक्षणको निम्ति मजुवा ग्राम पञ्चायत प्रधान अनि वार्ड सदस्यलाई सुचना मार्फत आग्रह गरेको सुब्बाले बताए। बिहानीपख 2:30 बजीतिरको हुरीबतासले घरमाथि भएको उत्तिसको निकै ठूलो रूख  ढलेकोले उक्त क्षति भएको हो तथापि ज्यान मालको कुनै क्षति नभएपनि निर्माणाधीन घर अनि शौचालयलाई क्षति गरेको सामुएल सुब्बाले जनाए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न