साहित्य अकादमी, नयाँ दिल्ली र ज्ञानपीठ डिग्री कलेज, निकासी, बक्सारको नेपाली विभागको संयुक्त तत्त्वावधानमा सोमबार एक दिवसीय “आधुनिक नेपाली कविता र गद्य”- विषयक राष्ट्रिय साहित्य सङ्गोष्ठी आयोजन गरिएको थियो। जसमा डा. राजकुमार छेत्रीले पहिलो कार्यसत्रमा सत्राध्यताको दायित्व निर्वाह गरेका थिए।
यस अवसरका निम्ति साहित्य अकादमी, नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकाल, संयोजकद्वय दुर्गा खतिवडाज्यू (नेपाली भाषा परामर्श समिति सदस्य)-प्रति डा. राजकुमार छेत्रीले आभार व्यक्त गरेका छन्।
