पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

Share this news

रिम्बिक,12 जूलाई(निसं): फरेष्ट भिलेजलाई प्रदान गरेको जमिनको पट्टा र चिया बगानमा हुँदै गरेको सर्वे एउटै देखाउनु अनित थापाको कमानबासीलाई दिनु खोजेको धोका हो, यस्तो भनाई गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य नरेन्द्र काम्बाङको हो। काम्बाङले एक प्रेस बिज्ञप्ति जारी गर्दै पश्चिम बंगाल भुमिसुधार अधिनियम 2006 अन्तर्गत बन-बस्ती क्षेत्रमा बसोबासो गर्ने पुरानो वासिन्दाहरुलाई प्रदान गरिने फरेष्ट भिलेज पट्टा प्रदान गरिने योजना रहेको तथा यो निर्दिष्ट कुनै एक घरको नाममा अनि त्यो घरपरिवारले स्यार सुसार गरेको सम्पूर्ण जमिनको सर्वे गरेर बन विभागको नामको जमिन त्यो निर्दिष्ट व्यक्त एंव परिवारलाई दिनु पर्ने नियम रहेको जानकारी गराए। उनले जमिन पुरानो रैथाने अनि ट्राईबल समुदायको पक्षमा वितरण गरिने उनले बताए । तर चिया बगानको त सबै जमिन सर्वे गरेर सरकारको नाममा बनाएर सरकारले फेरि शरणार्थी एंव भुमिहिन पुनर्वास योजना मार्फत केवल पाँच डेसिमल पट्टा दिने भनेर सर्वे गरिरहेको आरोप काम्बाङको छ। त्यसर्थ फरेष्ट भिलेजले पाउने पट्टा एंव सर्वे अनि चियाको वगानको सर्वे जमिन आकास जमिनको फरक रहेको उनको विश्वास छ। तर यहाँ जीटीए प्रमुख अनित थापाले अझै पनि  चिया कमानका श्रमिकहरुलाई भ्रमित गरेर भूमिहिन पट्टा थपाउने चाल गरिरहेको काम्बाङको शंका रहेको बिज्ञप्तिमा काम्बाङले भनेका छन् । वास्तवमा अनित थापा मार्फत बंगाल सरकारले 30 प्रतिशत खालि जमिन व्यापारीहरुलाई बेच्ने आतुरमा यो सर्वे गराईरहेको उनले बताए। यसका साथै काम्बाङले दार्जीलिङ क्षेत्रमा 79 वटा वन बस्तीलाई रिभन्यु भिलेज बनाउन जुन पर्जा-पट्टा एंव सर्वे गरिन्दै छ त्यसमा कुनै आपत्ति नरहेको उनले  बताए। उनले चिया बगानको जमिन सर्वे अनि पाँच डेसिमल पर्जा पट्टाको सबै एक भएर बिरोध गर्नु आवश्यकता रहेको बताए।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न