नगरपालिकाको कर गोजीतिर गएकोछ,यसको चाढै जाँच हुनेछ: भाजपा

Share this news

दार्जीलिङ,19 जून(निसं): बङ्गालमा भजपा(भारतीय जनता पार्टी) सरकार आउन साथ दार्जीलिङ पहाडी क्षेत्रमा भाजपा कार्यकर्ताहरु साथै समर्थकहरुको राजनैतिक अनि समाजिक कार्यमा सक्रियता तीब्र भएकोछ।यसै क्रममा भारतीय जनता पार्टी (भाजपा) दार्जीलिङ जिल्ला समितिले दार्जीलिङ शहर वरिपरिका विभिन्न क्षेत्रहरूमा सरसफाइ कार्यक्रम सञ्चालन गर्दै वातावरण संरक्षण तथा स्वच्छता प्रवर्द्धनको सन्देश दिएको छ। जिल्ला समितिको पहलमा आयोजित उक्त कार्यक्रममा पार्टीका पदाधिकारी, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। यसबारे दार्जीलिङ जिल्ला भाजपा सचिव सुचेन्द्र राईले बताए अनुसार, देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले शासन गरेको 12 वर्ष पुगेको  साथै स्वच्छ भारत अभियानलाई दार्जीलिङ भाजपाले यस सफाई कार्यक्रमसँगै पालन गरेका हौं, यस सफाई अभियान दार्जीलिङ शहरमा विशेष 60 सिडी, जर्ज बजार, क्यापिटल हल क्षेत्रमा गरियो। यस अभियान राजनीतिक कार्यक्रम मात्र नभएर एउटा सामाजिक कार्यक्रम पनि हो, दार्जीलिङ  भाजपाले राजनीति मात्र होइन सामाजिक कार्यमा पनि ध्यान दिनेछ। दार्जीलिङ  नगरपालिकामा सिस्टम ठिक छैन साथै दार्जीलिङ नगरपालिकाले संग्रह गरिएको कर वा ट्याक्स नगरपालिकाको खातामा नगएर कसैकसैको गोजीमा गएको पनि जानकारी छ, यसको पनि जाँच गरिनेछ। उनले भने, दार्जीलिङ शहरलाई सफाई गर्न भाजपा कार्यकर्ताहरूको मात्र प्रयासले सफल हुँदैन यसमा दार्जीलिङका नागरिकहरूको पनि त्यति नै सहयोग चाहिन्छ, प्रत्येक नागरिकले सफाई राख्न डस्टबिनको प्रयोग गर्नु अनि जताततै फोहोर-मैला नफ्याक्ने बानी बसाल्नुपर्छ।यस कार्यक्रममा सहभागीहरूले सडक, सार्वजनिक स्थल तथा अन्य विभिन्न क्षेत्रमा जम्मा भएका फोहोर संकलन गरी क्षेत्रलाई सफा बनायो। कार्यक्रमका क्रममा नेताहरूले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नियमित सरसफाइ अभियान सञ्चालन गरिनुपर्नेमा जोड दिएका थिए। साथै, दार्जीलिङलाई स्वच्छ, सुन्दर र पर्यटकमैत्री शहरका रूपमा विकास गर्न यस्ता अभियानले सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। भाजपा दार्जीलिङ जिल्ला समितिले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने भजपा दार्जीलिङ जिल्ला सचिव सुचेन्द्र राईले बताएका छन्।

Share this news
आजको रोजाइ
तक्दाहमा सानु गहतराजको घरमा आगलागी 

तक्दाहमा सानु गहतराजको घरमा आगलागी 

एनईईटी विवाद र इन्धन मूल्यवृद्धिको विरोधमा दार्जीलिङ जिल्ला युवा कांग्रेसको विशाल र्‍याली

एनईईटी विवाद र इन्धन मूल्यवृद्धिको विरोधमा दार्जीलिङ जिल्ला युवा कांग्रेसको विशाल र्‍याली

मजुवा ग्राममा जन कल्याणको एकदिने शिविर

मजुवा ग्राममा जन कल्याणको एकदिने शिविर

नगरपालिकाको कर गोजीतिर गएकोछ,यसको चाढै जाँच हुनेछ: भाजपा

नगरपालिकाको कर गोजीतिर गएकोछ,यसको चाढै जाँच हुनेछ: भाजपा

क्षेत्रीय राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको छलफल

क्षेत्रीय राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको छलफल

गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र

गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र

स्वास्थ्यमन्त्री जी.टी. ढुंगेल र नोट्टो निर्देशक डा. अनिल यादवसँग भेटघाट

स्वास्थ्यमन्त्री जी.टी. ढुंगेल र नोट्टो निर्देशक डा. अनिल यादवसँग भेटघाट

राज्यपालको भाषणमा गोर्खाल्याण्ड मुद्दा सम्बोधन हुनु ठूलो फड्को

राज्यपालको भाषणमा गोर्खाल्याण्ड मुद्दा सम्बोधन हुनु ठूलो फड्को

डेभिडको ह्याट्रिकमा क्यानडाको जित, कतारमाथि ६-० को गोल वर्षा

डेभिडको ह्याट्रिकमा क्यानडाको जित, कतारमाथि ६-० को गोल वर्षा

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा पुग्ने पहिलो टोली

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा पुग्ने पहिलो टोली

आजको रोजाइ