प्रधानमन्त्री नरेन्द्र मोदीको ७५औँ जन्म दिवसको उपलक्ष्यमा फिट इन्डिया र नशामुक्त भारत अभियानको भावनाअनुरूप एउटा राष्ट्रव्यापी पहल “नमो युवा दौड़” मा सिलगढ़ी, दार्जीलिङ पहाड़ अनि तराई क्षेत्रका हजारौँ उत्साही नागरिकहरूसँग आज सांसद राजु विष्ट सहभागी बनेका थिए। उक्त दौड मल्लागुड़ी हनुमान मन्दिरदेखि सिलगढ़ीको बाघा जतिन पार्कसम्म आयोजित यस आयोजनमा स्थानीय निवासीहरू विशेषगरी युवाहरूको सक्रिय सहभागिता थियो। प्रधानमन्त्रीको एक स्वस्थ आत्मनिर्भर भारतको परिकल्पनासँग ऐक्यबद्धता जनाउँदै हजारौँ मानिसहरूले यसमा भाग लिए।
एउटा व्यापक राष्ट्रव्यापी अभियान यो “नमो युवा दौड़” भारतभरी ७५ शहरहरूमा आयोजित गरिएको छ जसमा १० लाखभन्दा धेरै युवाहरूले भाग लिइरहेका छन्। यो दौड़ प्रधानमन्त्री मोदीको नेतृत्व अनि युवा सशक्तिकरणलाई बढ़ोत्तरी दिने उहाँका प्रयासहरू, र एक विकसित भारतको उहाँको परिकल्पनाप्रति एक श्रद्धाञ्जली भएको विष्टले बताए।
