यदि यसरी नै श्रमिकहरुको पैसा भुक्तानी गर्दैन भने 50 दिनको रिले अनशनपछि आन्दोलन तीव्र हुने घोषण 12 तारीख जुन 2026 मा हुनेछ। आज लङभ्यू कमानमा श्रमिकहरुको 46 औ दिनको रिले अनशन चली रहेको छ। तर पनि अहिले सम्म श्रम विभाग, पि एफ अफिस अनि नव गठित पश्चिम बङ्गाल सरकारको मौखिक आश्वासन बाहेक पि एफ बारे कुनै स्थायी समाधान भएको छैन। त्यसैले लङभ्यु कमानमा पि एफ, ग्रचुईटी, बकाया हाजिरा अनि वेतन लगायत मालिक गोविन्द गर्ग अनि म्यानेजर ए पि सिंहको जंगल राज विरुद्ध अन्दोलनको स्वरूप श्रमिक अनशन जारी नै छ। विगत केही दिन अघि लेबर अफिसमा मालिक अनि म्यानेजमेन्टलाई सरकारले मिटिङ्गमा डाकेको थियो। उक्त मिटिङमा मुख्य एजेण्डा नै बकाया पि एफ बारे थियो भने मालिकले पि एफ को पैसा एक कञ्चि पनि हालेको छैन। नयाँ सरकारले अब यसको छिना माना गर्नु पर्छ अनि परिवर्तनको लहर श्रमिकहरुको आङमा पनि लागेको हुनु पर्छ। टि बोर्ड, पि एफ अफिस, श्रम विभाग, राज्य सरकार, कानुन व्यवस्था सबै बि जे पि को हातमा भएर पनि आज 41 औ दिनको अनशन पछि पनि किन लङभ्यू कमानको समस्याको समाधान भएको छैन? श्रमिकहरुले छिटो भन्दा छिटो न्याय पाएको हुन पर्छ।












