Vikram Timilsina Speech Nepal
Vikram Timilsina Speech Nepal

देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

Share this news

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउँनुहुँदै पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताउनुभएको छ। रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस (डिस्कोर्स) सुरु भएको उल्लेख गर्दै जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यासलाई निरन्तरता दिन नहुने बताउनुभयो। “देशमा नयाँ राजनीतिक संस्कारको सुरुआत भएको छ । हिजो जुन राजनीतिक शैलीलाई गलत भनेर प्रश्न गर्यौं, त्यही शैलीमा राजनीति गर्ने छुट हामीलाई छैन,” उहाँले भन्नुभयो, “राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ ।

जुन दलहरूको काम गर्ने शैलीको हामीले विरोध गरेका थियौँ, त्यही शैलीलाई हामीले अपनाउनु हुँदैन ।” सञ्चारमन्त्री तिमिल्सिनाले रास्वपाका हरेक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलियातन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने उहाँको भनाइ थियो । उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले अघि सारेको सुशासन, पारदर्शिता र उत्तरदायित्वको दृष्टिकोणअनुसार सबैले देशका लागि योगदान दिनुपर्ने बताउनुभयो। “कुनै व्यक्ति जिल्ला सभापति वा अरु कुनै पदमा हुनु मात्र ठूलो कुरा होइन, दल र देशका लागि कसले कति योगदान गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण हो,” उहाँले भन्नुभयो।

मन्त्री तिमिल्सिनाले वडा, पालिका, जिल्ला र प्रदेश तहका कार्यकर्ताको सक्रिय योगदानबाट मात्रै पार्टी बलियो बन्न सक्ने उल्लेख गर्दै आन्तरिक लोकतन्त्र, सहमति र संगठनात्मक अनुशासनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। सकेसम्म सहमति र सहकार्यको माध्यमबाट चुस्त, दुरुस्त र प्रभावकारी संगठन निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।राजनीति व्यक्तिगत स्वार्थपूर्ति गर्ने वा कसैलाई पदमा पुर्‍याउने माध्यम नभई देशलाई सही दिशा दिने साधन हुनुपर्ने धारणा व्यक्त गर्दै उहाँले वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उहाँले उल्लेख गर्नुभयो। फरक प्रसङ्गमा सञ्चारमन्त्री तिमिल्सिनाले धादिङसहित विभिन्न जिल्लाका दुर्गम क्षेत्रबाट मोबाइल तथा इन्टरनेट नेटवर्क सेवासम्बन्धी गुनासा धेरै आउने गरेको बताउनुभयो । दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले आगामी एक वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो। “देशका विभिन्न स्थानमा नेटवर्क समस्या रहेको विषयमा धेरै गुनासा आएका छन । मोबाइल नेटवर्क सुधारका लागि एक वर्षभित्र महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने गरी काम अघि बढाइएको छ। सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले निरन्तर काम गरिरहेको छ।”उहाँले भन्नुभयो ।

Share this news
आजको रोजाइ
खरसाङ सुपर लिग २०२६ : युनाइटेड खरसाङ एफसी र खरसाङ स्पोर्टिङ क्लब विजयी

खरसाङ सुपर लिग २०२६ : युनाइटेड खरसाङ एफसी र खरसाङ स्पोर्टिङ क्लब विजयी

प्रि–सुब्रतो जिल्ला च्याम्पियन सेन्ट रोबर्ट्स विद्यालयको यू–१७ टोली सम्मानित, अब क्लस्टरस्तरमा दार्जिलिङको प्रतिनिधित्व गर्ने

प्रि–सुब्रतो जिल्ला च्याम्पियन सेन्ट रोबर्ट्स विद्यालयको यू–१७ टोली सम्मानित, अब क्लस्टरस्तरमा दार्जिलिङको प्रतिनिधित्व गर्ने

जीआरएमएम महानदी–तीनधारे समष्टिको समीक्षा बैठक सम्पन्न, सञ्जीव गुरुङ समष्टि सांगठनिक सचिव नियुक्त

जीआरएमएम महानदी–तीनधारे समष्टिको समीक्षा बैठक सम्पन्न, सञ्जीव गुरुङ समष्टि सांगठनिक सचिव नियुक्त

भाजपा अनि गठबन्धन दलद्वारा शहीद दिवस आयोजक समिति गठन

भाजपा अनि गठबन्धन दलद्वारा शहीद दिवस आयोजक समिति गठन

सोनादाको मिलिङमा अधुरो पुल स्थानीयवासीले आफैं बनाए, शीघ्र स्थायी निर्माण गर्न जनप्रतिनिधिसँग माग

सोनादाको मिलिङमा अधुरो पुल स्थानीयवासीले आफैं बनाए, शीघ्र स्थायी निर्माण गर्न जनप्रतिनिधिसँग माग

बेल्जियमको प्रशिक्षक पद छोड़्ने एरिक गार्सियाको फसेला

बेल्जियमको प्रशिक्षक पद छोड़्ने एरिक गार्सियाको फसेला

अनन्तनागमा आतंककारी हमला: प्रहरी हेड कन्स्टेबल आशिक हुसेन शहीद

अनन्तनागमा आतंककारी हमला: प्रहरी हेड कन्स्टेबल आशिक हुसेन शहीद

तेन्डोङ ल्हो रम फाटको पूर्वसन्ध्यामा योङथुम-खुला बजारबारे बैठक

तेन्डोङ ल्हो रम फाटको पूर्वसन्ध्यामा योङथुम-खुला बजारबारे बैठक

सिक्किम विधान सभामा बजेट अधिवेशन जारी: तीन विधेयक र जल संरक्षणसम्बन्धी सरकारी प्रस्ताव पारित

सिक्किम विधान सभामा बजेट अधिवेशन जारी: तीन विधेयक र जल संरक्षणसम्बन्धी सरकारी प्रस्ताव पारित

नतिजा देखिने गरी जिम्मेवार भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

नतिजा देखिने गरी जिम्मेवार भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

आजको रोजाइ