Car falls into Teesta river
Car falls into Teesta river

टिस्टा नदीबाट कार उद्धार, सिक्किमका एकै परिवारका चार जनाको शव फेला

Share this news

टिस्टा , सिलगडी, नेउपाने,

गान्तोक, ७ जुन: सिक्किमको काबी लुङचोक अन्तर्गत लिङ्दोक निवासी एकै परिवारका चार सदस्य सवार रहेको कार हराएको घटनाले दुःखद अन्त्य पाएको छ। जुन ५ को साँझदेखि सम्पर्कविहीन भएको SK 01 PC 9872 नम्बरको कार अन्ततः टिस्टा नदीभित्र फेला परेको छ भने कारभित्र सवार चारै जनाको मृत्यु भएको पुष्टि गरिएको छ।मृतकहरूमा स्मारिका नेओपाने (२८), शैब्य नेउपाने (२७), जिका दाहाल (२७) र ५ वर्षीया दित्या क्षेत्री रहेका छन्। उनीहरू आफ्ना अभिभावकहरूको उपचारका लागि सिलगडीतर्फ जाँदै गरेका थिए। परिवारका सदस्यहरूले शनिबार बिहान सहयोगको आग्रह गरेपछि खोजी कार्य सुरु गरिएको थियो। यसक्रममा सांसद राजु बिष्टको कार्यालय तथा दार्जिलिङका समाजसेवी विक्रम राईसँग पनि सहयोग मागिएको थियो। त्यसपछि एनडीआरएफ (NDRF), पश्चिम बंगाल प्रहरी र पश्चिम बंगाल ट्राफिक प्रहरीले संयुक्त रूपमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए। प्रारम्भिक अनुमानअनुसार कार बाघपुल नजिकको भीरबाट खसेको हुनसक्ने आशंकामा खोजी कार्य तीव्र बनाइएको थियो। दिनभरको खोजीका क्रममा पहिरो प्रभावित क्षेत्रमा कारका केही भागहरू फेला परेका थिए। गहिरो भीर र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि साँझतिर कार तीस्ता नदीको गहिराइमा फेला पारिएको थियो। आइतबार बिहान पुनः उद्धार अभियान सञ्चालन गरिएपछि प्रहरी स्रोतले कारभित्र रहेका चारै जनाको शव बरामद गरिएको पुष्टि गरेको छ। यस दुःखद घटनाले सम्पूर्ण सिक्किमलाई स्तब्ध बनाएको छ। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको छ। साथै खोज तथा उद्धार अभियानमा अथक सहयोग पुर्‍याउने एनडीआरएफ, पश्चिम बंगाल प्रहरी, पश्चिम बंगाल ट्राफिक प्रहरी, सांसद राजु बिष्ट, समाजसेवी विक्रम राई, स्थानीय बासिन्दा तथा स्वयंसेवकहरू प्रति हार्दिक आभार व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

आजको रोजाइ