अन्नपूर्ण भण्डारमा पनि घोटाला?आखिर कहिले भरिन्छ नेताहरूको पेट भन्दै??भरत तामाङले प्रश्न तेर्साएका छन्।दार्जीलिङ पहाडमा भष्ट्रचार धाँधली आदि जस्ता घृणित घटनाहरूको थुप्रो बढ्दै जाँदैछ।राज्य सरकारद्वारा जारी गरेको अन्नपूर्ण योजना भष्ट्रचार,धाँधली,भाइभतिजाबाद जस्ता घटनाहरू घटेको सनसनी खोज खबर छ।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य तथा सोम तकभर समष्टि अध्यक्ष भरत तामाङले बंगाल विधानसभा चूनावको परिणाम पछि अन्नपूर्ण योजना चर्चाको विषय बन्न पूगेको छ।विगतको राज्य सरकारले अन्नपूर्ण योजनालाई लक्ष्मी भण्डारको नाम दिएका थिए।बंगाल विधानसभा चूनावपछि राज्यमा सत्ता परिवर्तन भएको छ अनि राज्यमा सत्ता परिवर्तनसंग संगै अन्नपूर्ण योजनाको फरम दर्ता गर्ने तथा अन्नपूर्ण योजनामा भष्ट्रचार,धाँधली तथा भाइभतिजाबाद भएको विषय आफुहरूसंग आएको तामाङले बताए।सोम सिङताम ग्राम पंचायत प्रधान तथा सदस्यहरूले अन्नपूर्ण योजनाको हकदारहरूले योजनाको उपभोग गर्न नपाएको जन गुनासोहरू हामी समक्ष आएको छ। ग्राम पंचायत सदस्यहरूले आफ्नो घर परिवारको सदस्य तथा आफ्नो मान्छेहरूको पहिला पहिला फरम दर्ता गरेर उनीहरूले अन्नपूर्ण योजनाको राशी प्राप्त गरिसकेको जन गुनासोहरू हामीसंग धेरै आएको छ यस प्रकारको कार्यहरूमा अविलम्ब जाँच होस भन्ने हाम्रो मांग छ तामाङले बताए।विगतको दिनमा हामीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रमुख तथा जीटीए चीफ अनित थापालाई पनि हामीले भष्ट्रचार,धाँधली,भाइभतिजाबाद आदि जस्ता घटनाहरू भई रहेको बारम्बार अवगत गराउँदा गराउदै पनि उनले अनदेखा गर्ने हुँदा अहिले भागोप्रमो दुर्गम अवस्थामा पूगेका छन अनि जीटीएको दयनीय स्थितिमा पूगेका छन।भष्ट्रचार,धाँधली,भाइभतिजाबाद जस्ता काण्डहरू यदि इण्डियन गोर्खा जनशक्ति फ्रण्टको नेतृत्वहरूले पनि गरेका छन् भने उनीहरू विरूद्ध कारवाही हुन पर्छ भन्ने आफुहरूको सोंच रहेको छ। पार्टी कार्यकर्ताहरूको कारणले गर्दा नेता तथा पार्टीको छविलाई धमिलो हुँदैछ भने यस्ता विषयमाथि नजर राख्नै पर्छ अनि कारवाही हुनै पर्छ।मैले धेरै साथी भाइहरूसंग कुराकानी गर्दै जाँदा लेबुङ भ्याली ग्राम पंचायत 1 को वार्ड नम्बर 2 मा व्यापक रूपमा भष्ट्रचार,धाँधली र भाइतिजाबाद भएको घटना प्रकाशमा आएको छ अनि उक्त घटनाको आफुसंग प्रमाण समेत रहेको आइजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य भरत तामाङले बताएका छन।घटनाको प्रमाण सार्वजनिक गर्न अघि म गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङ दाजुलाई घटनाको छानवीन गर्ने अनुरोध गर्छु,यदि घटना साँचो हो भने दाजु तपाईले उनीहरू विरूद्ध कारवाही गर्नै पर्छ।लेबुङ भ्याली 1 को वार्ड 2 मा गोर्खा जन मुक्ति मोर्चाको पंचायत सदस्य छ भन्ने सुन्नमा आएको छ,यदि भष्ट्रचार,धाँधली,भाइभतिजाबाद भएकै हो भने एक जना व्यक्ति मात्र होइन पार्टीसंग संगै पार्टीको नेता समेत बदनाम हुन्छ।विमल दाजुलाई पनि म अनित थापालाई जस्तै अघिबाटै सतर्क गराउन चाहन्छु भरत तामाङले बताएका छन्।कुनै पनि पार्टीको कार्यकर्ता सही छ भने पार्टी अनि पार्टीको नेता सही सावित हुन्छ तर कार्यकर्ताले गलत काम गरेको छ भने पार्टीसंग संगै पार्टीको नेता पनि गलत हुन्छ अनि त्यसको सजाय नेताले भोग्नु पर्छ।लेबुङ भ्याली 1 को वार्ड 2 को पंचायत सदस्यले आफ्नै भाउजु,भदैनी,दिदी अनि पार्टी कार्यकर्ताहरूको नाममा अन्नपूर्ण भण्डार योजनाको फरम जम्मा गरेर योजनाको लाभ उपभोग गराएको छ भन्ने खबर छ तामाङले बताए।गत 4 अक्टोबरको दिन गएको पैह्रोमा एउटा ढुंगा समेत नझेरको पंचायत सदस्यको भदैनीलाई 1 लाख 20 हजार रूपिया दिलाएको खबर छ।पंचायत सदस्यले साइनोले दिदी पर्ने जसको छोरा आर्मी छ उसलाई पनि सरकारी सहुलियत दिलाएको खबर छ यस प्रकारको घटनाहरूले गोर्खा जनमुक्ति मोर्चा पार्टीसंग संगै पार्टी अध्यक्ष समेत बदनाम हुन्छ,त्यसकारण विमल दाजुले यस विषयमा छानवीन गरेर दोषी तथा आरोपी विरूद्ध कारवाही गरेको राम्रो हो आईजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य तथा सोम तकभर समष्टि अध्यक्ष भरत तामाङले बताएका छन्।












