month-long Shrimad Vitak Saheb discussion

महिनाव्यापी श्रीमद वितक साहेब चर्चाको आरम्भ

Share this news

श्री कृष्ण प्रणामी धर्मको ४०० औं वर्ष पहिलादेखिको प्रमाणिक इतिहास रहेको श्रीमद् वितक साहेब चर्चाको थालनी सबैतिर भइरहेको छ। “श्री कृष्ण प्रणामी मंगल धाम नाम्फिङ बर्मेक” मा पनि श्री कृष्ण प्रणामी धर्मको सिक्किम राज्यको पहिलो महन्त गुरुजी श्री १०८ प्रमोद सुधाकर महाराजजीको मुखारविन्दबाट गत १५ जुलाई २०२५ देखि थालनी भएको छ भने अब१५ अगस्ट २०२५ सम्म चल्नेछ। यो महिनाव्यापी श्रीमद् बितक साहेब चर्चाको आनन्द स्थानीय श्रद्धालु भक्तजनले लिइरहेका छन् भने श्रीमद् वितक साहेब चर्चाको क्रममा श्री कृष्ण प्रणामी धर्ममा नयाँ भक्तजनको पनि जागनी भइरहेको छ। यो सत्रमा विभिन्न आमन्त्रित अतिथिगण लगायत विशिष्ट अतिथिगणको पनि आगमन भइरहेको छ भने कार्यक्रमलाई अझ रोचक बनाउनको निम्ति चर्चा अनुरूपको झाँकी प्रदर्शनी पनि भइरहेको छ। आगामी १६ अगस्टको दिन भव्यतापूर्वक श्री कृष्ण प्राकट्य महोत्सव जन्म अष्टमी पालन गर्दै उक्त वितक सत्रको समापन गरिने जानकारी “श्री कृष्ण प्रणामी युवा परिषद सिक्किम राज्य”का सह प्रचारप्रसार सचिव निशान दुलालले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न