केरेमथाङ गाउँका कृषकहरू हाल मकै खेतीमा बाँदरको अत्यधिक बिगारका कारण गहिरो चिन्तामा परेका छन्। मेहनतका साथ लगाइएको मकैका बोटहरू लगातार बाँदरको समूहले नष्ट गर्दै गएको गुनासो किसानहरूले गरेका छन्। देन्ताम क्षेत्रमा पर्ने केरेमथाङ, लुपुन, सुम्लादेन साथै स्थानीय कृषकहरूको भनाइमा, वर्षेनी मकै पक्ने बेलामा बाँदरको आक्रमण बढ्दो छ, तर यस वर्ष स्थिति झनै भयावह बनेको छ। “हामीले सयौं घण्टा खटेर जोतेको बारीमा मकै उमार्यौँ, तर अब त्यसको कुनै अत्तोपत्तो छैन,” एक चिन्तित कृषक दुर्गा सुब्बाले गुनासो गरे।











