2007 मा छैटौँ अनूसूचीको विरोध गर्नेले अहिले छैटौँ अनुसूची सही थिएछ भन्दैछन्‌ः निरज जिम्बा

Share this news

खरसाङ, (निसं)ः भारत देशका गोर्खाहरूको निम्ति 22 अगस्त अनि 23 अगस्ट महत्त्वपूर्ण दिन हो । 22 अगस्त 1988 को दिन गोर्खा अकर्ड भएको ऐतिहासिक दिन हो, यो भारतीय राजनीतिमा पनि महत्त्वपूर्ण दिन हो। यो खेलाइची विषय होइन, भारत सरकारलाई सुवास घिसिङले घुड़ा टेकाएको दिन हो। खरसाङ्मा सम्पन्न भएको गोर्खा अकर्ड डे एवं नागरिकता स्पष्टिकरण दिवस कार्यक्रममा प्रमुख रुपमा उपस्थित दार्जीलिङ्का विधायक एवं गोरामुमो सेक्रेटेरी जेनरल निरज जिम्बाले उक्त मन्तव्य आफ्नो वक्तव्य राख्दै प्रकट गरेका हुन्‌‍। जिम्बाले अघि भने, दार्जीलिङ गोर्खा हिल काउन्सिल गोर्खाहरूको एउटा खतियन भएको किपट हो, यो क्षेत्र बंगालबाट चर्काइएको हो, भारतको संविधान अन्तर्गत धारा 243(एम) मा सुरक्षित छ यो क्षेत्र, हामी सुरक्षित छौँ। यो सुवास घिसिङ्को योगदान हो । तिनले 2007 मा छैटौँ अनुसूचीलाई विरोध गरेर गल्ती गरिएको दावी गर्दै भने, 2007 मा जुन व्यक्तिले विरोध गरेका थिए, आज उनै व्यक्तिले भारतको गृहमन्त्रालयलाई हामीले गल्ती गर्यौँ छैटौँ अनुसूची सही थिएछ भनेर भन्दैछन्‌‍। सुवास घिसिङले गोर्खाहरूको निम्ति सबै विषय एउटा व्यवस्थित ढङ्गले निभाएका थिए तर यहाँकाहरूले बुझ्नु सकेनन्‌‍। अब समय टाढ़ो छैन तपाईं र हाम्रो निम्ति राम्रै हुन्छ, त्यो हाम्रै हुन्छ सुर्ताउनु पर्दैन । जसले बिगारे तिनीहरूलेनै अहिले सही हो भन्दैछन्‌‍, यो हाम्रो ठूलो जीत हो। अब बीजेपीको पनि समय आयो वार्ता मात्र गरेर हुँदैन, न्याय दिनु पर्छ, हामीलाई न्याय चाहिन्छ। विधायकले दावी गर्दै भने, गृहमन्त्रीले गोर्खाहरूको निम्ति राम्रो गृहकार्य गरेको छ। दिल्लीको धेरै कुरा छ, अहिलेनै भन्नु हुँदैन तर राम्रो हुँदैछ। पार्टी अध्यक्ष मन घिसिङ र हामीले मिलेर एउटा पुल निर्माण गरेका छौँ, केवल गोर्खा जातिको उन्मुक्तिको निम्ति अरु कसैले गरेका छैनन्‌‍, केवल गोरामुमोले आफ्नो भूमिका निभाउँदैछ र सही भूमिका निभाउँदैछ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न