विधायक सोनाम लामा अनि सिन्कोना बगान निर्देशकमाझ बैठक

Share this news

खरसाङ्खा विधायक सोनाम लामा र सिन्कोना विभागका निर्देशक डा. समुएल राईबीच सिन्कोना बगानको वर्तमान अवस्था तथा श्रमिक कर्मचारीका समस्याबारे विस्तृत छलफल भएको छ। निर्देशक डा. समुएल राईले सिन्कोना बगानको समग्र अवस्था, व्यवस्थापन, सञ्चालन तथा श्रमिक कर्मचारीले भोगिरहेका विभिन्न समस्याबारे विधायक लामालाई विस्तृत जानकारी गराएका थिए। सो अवसरमा विधायक सोनाम लामाले सिन्कोना बगानका श्रमिक तथा कर्मचारीका समस्याप्रति आफू गम्भीर रहेको बताउँदै ती समस्याको समाधानका लागि चाँडै नै सिन्कोना बगानका अधिकारीहरूसँग पुनः बैठक आयोजना गरिने जानकारी दिए। उनले सम्बन्धित सबै पक्षसँग समन्वय गरी श्रमिक कर्मचारीका जायज माग सम्बोधन गर्न आवश्यक पहल गरिने विश्वास व्यक्त गरेका छन्‌‍।

बैठकमा भाजपा मण्डल अध्यक्ष प्रदीप क्षेत्री, भाजपा दार्जीलिङ जिल्ला महिला मोर्चा अध्यक्ष रोमा क्षेत्री घिसिङ, भाजपा मण्डल उपाध्यक्ष बिनोद मोक्तान, भारतीय मजदुर संघ (सिन्कोना जोन) अध्यक्ष हेमन्त रावत, सचिव आशीषदीप राई, भाजपा दार्जीलिङ जिल्ला प्रवक्ता चन्द्रकला राई तथा सिन्कोना विभागका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकमा सिन्कोना बगानको दीर्घकालीन विकास, श्रमिककर्मचारीको हित तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ। सिन्कोना श्रमिक कर्मचारीका समस्याबारे फेरि चाढै नै बैठक गरिने विधायक सोनाम लामाले बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

विधायक भरत छेत्री बने पश्चिम बङ्गाल खेलकूद विभागका उपाध्यक्ष

विधायक भरत छेत्री बने पश्चिम बङ्गाल खेलकूद विभागका उपाध्यक्ष

बदमाशहरूले ज्वेलरी पसल लुट्न सुरुङ जस्तो बाटोको योजना बनाए

बदमाशहरूले ज्वेलरी पसल लुट्न सुरुङ जस्तो बाटोको योजना बनाए

खुला लेभल क्रसिङमा रेलले भ्यानलाई ठोक्दा २विद्यार्थीसहित ३को मृत्यु

खुला लेभल क्रसिङमा रेलले भ्यानलाई ठोक्दा २विद्यार्थीसहित ३को मृत्यु

अरण्य सप्ताह: विद्यार्थीहरूलाई टोय ट्रेन यात्रा, पर्यावरण संरक्षणबारे सचेतना

अरण्य सप्ताह: विद्यार्थीहरूलाई टोय ट्रेन यात्रा, पर्यावरण संरक्षणबारे सचेतना

भारतको पहिलो हाइड्रोजन रेलः स्वच्छ रेल प्रविधितर्फ ऐतिहासिक फड्को

भारतको पहिलो हाइड्रोजन रेलः स्वच्छ रेल प्रविधितर्फ ऐतिहासिक फड्को

ग्यालेक्सी जेड फोल्ड ८: नयाँ स्पाइडर-म्यान प्रोमोले डिजाइन संकेत

ग्यालेक्सी जेड फोल्ड ८: नयाँ स्पाइडर-म्यान प्रोमोले डिजाइन संकेत

दिल कुमार सुब्बालाई सम्मान जनाइयो

दिल कुमार सुब्बालाई सम्मान जनाइयो

खरसाङ सुपर लीग 2026 मा केएफसी अनि केएससी विजय

खरसाङ सुपर लीग 2026 मा केएफसी अनि केएससी विजय

आजको रोजाइ