भारतको पहिलो हाइड्रोजन रेलः स्वच्छ रेल प्रविधितर्फ ऐतिहासिक फड्को

Share this news

भारतले आफ्नो पहिलो स्वदेशमै विकसित हाइड्रोजन इन्धनबाट चल्ने रेल सञ्चालनमा ल्याउँदै हरित यातायाततर्फ महत्वपूर्ण कदम चालेको छ। यो रेलले परम्परागत डिजेल इन्जिनको सट्टा हाइड्रोजन फ्युल सेल (Hydrogen Fuel Cell) प्रविधि प्रयोग गरी आफै विद्युत उत्पादन गर्छ। यस प्रक्रियामा हाइड्रोजन र हावाबाट लिइएको अक्सिजनबीच रासायनिक प्रतिक्रिया गराइन्छ, जसबाट विद्युत उत्पादन हुन्छ र त्यसैबाट रेलका मोटर सञ्चालन हुन्छन्। यसको प्रत्यक्ष उत्सर्जन भनेको केवल पानीको वाफ र ताप मात्र हो, जसले यसलाई वातावरणमैत्री बनाउँछ। रेलमा हाइड्रोजन उच्च चापयुक्त ट्याङ्कीमा सुरक्षित रूपमा भण्डारण गरिएको हुन्छ। फ्युल सेलबाट निरन्तर विद्युत उत्पादन हुने भएकाले अतिरिक्त ऊर्जा लिथियम–फेरो–फस्फेट ब्याट्रीमा सञ्चित हुन्छ। रेलको गति बढ्दा ब्याट्रीले पनि अतिरिक्त शक्ति उपलब्ध गराउँछ भने गति घट्दा वा स्टेशन नजिकिँदा पुनः ब्याट्री चार्ज हुने प्रणाली रहेको छ। भारतको पहिलो हाइड्रोजन रेल हरियाणाको जिन्द–सोनीपत खण्डमा सञ्चालन हुनेछ। जुन रेलको प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरे। यसमा दुईवटा हाइड्रोजन–सञ्चालित पावर कार र आठवटा यात्रु डिब्बा रहेका छन्। करिब २,६०० यात्रु बोक्न सक्ने क्षमता भएको यो रेल हाल ७५ किलोमिटर प्रतिघण्टाको सञ्चालन गतिमा चल्नेछ। रेललाई पूर्ण रूपमा सुरक्षित बनाउन हाइड्रोजन चुहावट, अत्यधिक ताप, आगो र धुवाँ पत्ता लगाउने बहुस्तरीय सुरक्षा प्रणाली जडान गरिएको छ। भारतीय रेलका अनुसार यो परियोजनाले डिजेलमाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने र भविष्यमा विद्युतीकरण नभएका रेलमार्गमा हरित विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

विधायक भरत छेत्री बने पश्चिम बङ्गाल खेलकूद विभागका उपाध्यक्ष

विधायक भरत छेत्री बने पश्चिम बङ्गाल खेलकूद विभागका उपाध्यक्ष

बदमाशहरूले ज्वेलरी पसल लुट्न सुरुङ जस्तो बाटोको योजना बनाए

बदमाशहरूले ज्वेलरी पसल लुट्न सुरुङ जस्तो बाटोको योजना बनाए

खुला लेभल क्रसिङमा रेलले भ्यानलाई ठोक्दा २विद्यार्थीसहित ३को मृत्यु

खुला लेभल क्रसिङमा रेलले भ्यानलाई ठोक्दा २विद्यार्थीसहित ३को मृत्यु

अरण्य सप्ताह: विद्यार्थीहरूलाई टोय ट्रेन यात्रा, पर्यावरण संरक्षणबारे सचेतना

अरण्य सप्ताह: विद्यार्थीहरूलाई टोय ट्रेन यात्रा, पर्यावरण संरक्षणबारे सचेतना

भारतको पहिलो हाइड्रोजन रेलः स्वच्छ रेल प्रविधितर्फ ऐतिहासिक फड्को

भारतको पहिलो हाइड्रोजन रेलः स्वच्छ रेल प्रविधितर्फ ऐतिहासिक फड्को

ग्यालेक्सी जेड फोल्ड ८: नयाँ स्पाइडर-म्यान प्रोमोले डिजाइन संकेत

ग्यालेक्सी जेड फोल्ड ८: नयाँ स्पाइडर-म्यान प्रोमोले डिजाइन संकेत

दिल कुमार सुब्बालाई सम्मान जनाइयो

दिल कुमार सुब्बालाई सम्मान जनाइयो

आजको रोजाइ