खरसाङ सुपर लीग 2026 फुटबल टुर्नामेन्टको बिहीवारको खेल केएफसी र केएससीले जितेका छन्। बिहीवारको पहिलो खेल कञ्चनजङ्घा फुटबल क्लब (केएफसी) अनि खरसाङ लिजेण्डमाझ सम्पन्न भयो। यस खेलमा केएफसीका खेलाड़ीहरूले 7 गोल गर्न सफल बने भने खरसाङ लिजेण्डका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्। यस प्रकार यो खेल केएफसीले शुन्यको विरुद्धा 7 गोलले जित्यो। यस खेलमा अल्सो लामाले 2 गोल, लाक्पा तामाङले 2, कुनाल गुरुङले 1, अभिषेक तामाङले 1 गोल गरेका थिए अनि एउटा आत्मघाती गोल भएको थियो। यस खेलको उत्कृष्ट खेलाड़ी केएफसीका खेलाड़ी अनिश राईलाई चयन गरीयो, तिनलाई केएफएका टेक्निकल को-अर्डिनेटर इन्द्र प्रकाश लामाको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो।
दोस्रो खेलमा खरसाङ स्पोर्टिङ क्लब (केएससी) अनि युनाइटेड मकैबारी फुटबल क्लब (युएमएफसी) माझ खेलाइयो। यस खेलमा केएससीका खेलाड़ीहरूले 1 गोल गरे भने युएमएफसीका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्। यसरी यो खेल केएससीले शुन्यको विरुद्ध 1 गोलले जित्यो। केएससीका खेलाड़ी आदर्श थापाले आफ्नो दलको पक्षबाट गोल गरेका थिए। यस खेलको उत्कृष्ट खेलाड़ केएससीका गोलकिपर अविन थापालाई चयन गरी उर्गेन लामाको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो। बिहीवारको खेलमा मुख्य रेफेरी नितेश देवान अनि शिशिर राई रहेका थिए, सहायक रेफेरी मनिष थापा अनि शिशिर राई, फोर्थ अफिसियल केवन राई रहेका थिए। खरसाङ फुटबल एसोसिएसनको आयोजनामा यो फुटबल टुर्नामेन्ट खरसाङ्को गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको छ।












