चियाबारीका तराई, डुवर्स, पहाड़ ज्वोइन्ट एक्शन कमिटीका विशेष 10 सदस्यीय प्रमुख संयोजकहरुको एउटा विषेश रिभ्यू वा मन्थन सभा बाग्राकोटमा बस्यो। यस सभामा चियाबारीको जमीन अधीकार, मिनिमम वेजेस, मालिकहरूले श्रमिकहरूले थाह नै पाई जमीन बेचेको बारे विषेश चर्चा भयो। यस सभाले चाँडो एउटा विषेश कन्वेन्शन डुवर्समा आयोजना गर्ने भएको ज्वोइन्ट एक्शन कमिटीका संयोजक सघन मोक्तान
जानकारी दिएका छन्।
