इण्डियन गोर्खा जनशक्ति फ्रण्टको युवा अनि नारी जनशक्ति फ्रण्टलाई लिएर मंग्पु लाब्दा समष्टिमा पार्टीको सांगठनिक सभा आइतबार गरियो। उक्त सभामा बिशेष दार्जीलिङ महकुमा समितिका युवा अनि नारी नेतृत्वद्वय राब्गे राई अनि नोरा सुब्बाको उपस्थिति रहेको थियो भने समष्टिका अध्यक्ष सांगे शेर्पाको सभापतित्वमा भएको थियो। उक्त सभामा समष्टिका महासचीव ज्ञानद्विप राई, युवा अध्यक्ष सत्यम राई,नारी अध्यक्ष निता राई (छेत्री) साथै अन्य पदभारीगणको उपस्थितिको साथ साथमा युवा अनि नारी सदस्यहरु पनि भेला भएका थिएँ।उक्त सभाको सञ्चालन युवा संजोग मोक्तान र ज्ञानद्विप चाम्लिङ राईले गरेका थिएँ। चुनाव पछिको आजको उक्त समष्टिको प्रथम सभाको मुख्य उद्देश्य नारी अनि युवा नेतृत्वहरुमा पार्टीको आउँने भावी रणनीति बिषय जानकारी गराउँन साथै उनीहरुमा पार्टी प्रति थप जोश,उत्साह भर्न अनि निष्क्रिय तथा रित्त पदहरुमा नयाँ पदभारी नियुक्त गरिनु थियो।उक्त सभामा नव निर्वाचित पदभारीगणलाई नियुक्ति पत्र प्रदान गरी आउँने दिनको निम्ति शुभकामना, बधाई दिँदै सम्मान पनि गरियो।
आजको नियुक्ति प्राप्त गरेका नव निर्वाचित पदभारीगणहरु यसप्रकार छन् –
- युवा जनशक्ति फ्रण्टको युवा उपाध्यक्षको रित्त पदमा प्रशन्न तामाङ।
- कार्यकारी सदस्यहरुमा पेम्बा शेर्पा,युवल सङगौली।
महकुमा समिति सदस्यहरु-
- वाङ्गदेन तामाङ र विनय राईलाई नियुक्ति प्रदान गरियो।
- त्यस्तै प्रकारले नारी जनशक्ति फ्रण्टको नारी महासचिवको पदमा सृजना लिम्बु साथै महकुमा सदस्यको रुपमा नारुत बान्तवा(राई)-लाई नियुक्त गरियो।
- अझ थप सक्रिय नारी,युवा नेतृत्वलाई आउँने दिनमा नियुक्त गरिने आजको सभामा तय भएको छ।
- सभाका सभापति तथा उक्त समष्टिका अध्यक्ष सांगे शेर्पाले सभालाई सम्बोधन गर्दै सभालाई बर्खास्त पनि गरे।












