तिनधारे चिया बगानमा गोरामुमोको विशेष संगठनात्मक सभा सम्पन्न

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तिनधारे–महानदी समष्टि अन्तर्गत तिनधारे चिया बगान प्राथमिक पाठशाला भवनमा एक विशेष जरुरी संगठनात्मक सभा सम्पन्न भएको छ। समष्टि अन्तर्गत गोर्खा राष्ट्रिय युवा मोर्चाका सभापति संग्राम घतानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले संगठन विस्तार तथा पार्टी सुदृढीकरणतर्फ महत्वपूर्ण निर्णयहरू गरेको छ।

सभामा समष्टिका अध्यक्ष जेबी गुरुङ, उपसभापति विजय मङ्गल, ब्राञ्च सदस्य दिपेन गुरुङ, तिनधारे बजार शाखा सभापति रमन थापा, मिडिया सेल सदस्य सुमन गुरुङ, गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) समष्टि सभानेत्री श्रीमती शिला प्रधान, अरुणा गुरुङ, अन्जना प्रधान लगायत पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको मुख्य आकर्षणका रूपमा ३० घरपरिवार विभिन्न राजनीतिक दल तथा सामाजिक पृष्ठभूमिबाट गोरामुमोमा प्रवेश गरेका छन् भने १५ घरपरिवारले आफ्नै घरवापसी गर्दै पुनः पार्टीमा आबद्ध भएका छन्। नवप्रवेशी तथा घरवापसी गर्ने सम्पूर्ण सदस्यहरूलाई पार्टीको परम्पराअनुसार खादा ओढाई हार्दिक स्वागत गरिएको थियो। सभाको सञ्चालन समष्टि उपसभापति विजय मङ्गलले गर्नुभएको थियो भने स्वागत मन्तव्य समष्टिका अध्यक्ष जेबी गुरुङले राख्नुभएको थियो। उहाँले संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै पार्टीलाई अझ सशक्त बनाउने अभियानमा सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो।

सभाले तिनधारे चिया बगानमा पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यका साथ २५ सदस्यीय तिनधारे चिया बगान शाखा समिति सर्वसम्मतिले गठन गरेको छ।

  • अध्यक्ष: संग्राम घताने,
  • सहसभापति: बिदान तामाङ,
  • उपसभापति: रेसप तामाङ,
  • सचिव: मिलन राई,
  • सहसचिव: इसमाल नाक र
  • कोषाध्यक्ष: विजय पाहन।
  • प्रमुख सल्लाहकारहरू: सन्जीव गुरुङ, सपन राई, विशाल तामाङ र सन्जय तामाङ।
  • सल्लाहकारहरू: आशीष राई, सुदर्शन तामाङ, विकास प्रधान, उमेश परिवार तथा पूर्णा तामाङ।

यसका साथै अन्य १० जना सदस्यलाई समेटेर २५ सदस्यीय शाखा समिति पूर्ण गरिएको छ। सभाको अन्त्यमा अध्यक्ष संग्राम घतानेले नवनिर्वाचित शाखा समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीको अनुशासन, एकता र समर्पणलाई सर्वोपरि राखेर जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभयो। उहाँले पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वलाई अझ सुदृढ बनाउन सबै कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उपस्थित सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो। त्यसपछि सभाको समापन भएको घोषणा गरिएको थियो।

Share this news
आजको रोजाइ
मेमोरीको मूल्य बढ्दै जाँदा iQOO १६ को भारतमा लन्च रद्द हुन सक्छ

मेमोरीको मूल्य बढ्दै जाँदा iQOO १६ को भारतमा लन्च रद्द हुन सक्छ

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्था बनाउने

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्था बनाउने

विहेको साढे दुई महिनापछि दाइजोको आरोपमा युवतीको मृत्यु

विहेको साढे दुई महिनापछि दाइजोको आरोपमा युवतीको मृत्यु

मुम्बई-पुणे एक्सप्रेसवे पहिरो: मिसिङ लिंक बन्द, वर्षाले मार्गहरू अवरुद्ध

मुम्बई-पुणे एक्सप्रेसवे पहिरो: मिसिङ लिंक बन्द, वर्षाले मार्गहरू अवरुद्ध

तिनधारे चिया बगानमा गोरामुमोको विशेष संगठनात्मक सभा सम्पन्न

तिनधारे चिया बगानमा गोरामुमोको विशेष संगठनात्मक सभा सम्पन्न

बढ्दो सवारी चापसँगै गेजिङ बजार व्यवस्थाको चुनौती, दीर्घकालीन समाधानको खाँचो

बढ्दो सवारी चापसँगै गेजिङ बजार व्यवस्थाको चुनौती, दीर्घकालीन समाधानको खाँचो

टुङ-सन्तमेरिज समष्टिको सांगठनिक सभा: ५० घर गोरामुमोमा आबद्ध

टुङ-सन्तमेरिज समष्टिको सांगठनिक सभा: ५० घर गोरामुमोमा आबद्ध

मंग्पु लाब्दा समष्टिमा युवा र नारी जनशक्ति फ्रण्टको सांगठानिक सभा सम्पन्न

मंग्पु लाब्दा समष्टिमा युवा र नारी जनशक्ति फ्रण्टको सांगठानिक सभा सम्पन्न

ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा नर्वे

ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा नर्वे

मसुर अनि चना दाल मामिला आइजीजेएफले सार्वजनिक गरेको दावी

मसुर अनि चना दाल मामिला आइजीजेएफले सार्वजनिक गरेको दावी

आजको रोजाइ