टुङ-सन्तमेरिज समष्टिको सांगठनिक सभा: ५० घर गोरामुमोमा आबद्ध

Share this news

खर्साङ, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खर्साङ ब्राञ्च कमिटी अन्तर्गत टुङ–सन्तमेरिज समष्टिको महत्वपूर्ण सांगठनिक सभा बागगौडा कोइला गोदाम सार्वजनिक भवनमा सम्पन्न भएको छ। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार लाक्पा रुम्बाको अध्यक्षतामा सम्पन्न उक्त सभाको सञ्चालन समष्टि सचिव सन्तोष सुब्बाले गरेका थिए।

सभामा खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बी. के. राई, समष्टि अध्यक्ष मदन छेत्री, समष्टि सचिव तिलक राई, केन्द्रीय समिति सदस्या अमृता थापा, गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठनका अध्यक्ष अशोक गोले, चिम्नी–देवराली समष्टि अध्यक्ष साङ्गे रुम्बालगायत पार्टीका विभिन्न तहका पदाधिकारी, कार्यकर्ता तथा कोइला गोदाम क्षेत्रका स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाको मुख्य आकर्षणका रूपमा आयोजित सदस्यता ग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गर्दै ५० घरपरिवार गोरामुमोमा आबद्ध भएका छन्। नवप्रवेशी सदस्यहरूले गोरामुमोले गोर्खा जातिको अस्तित्व, अस्मिता, अधिकार तथा राजनीतिक समाधानका लागि निरन्तर संघर्ष गरिरहेको र पार्टी अध्यक्ष मन घिसिङको इमानदार तथा प्रतिबद्ध नेतृत्वप्रति विश्वास व्यक्त गर्दै अब जाति र माटोको उन्मुक्तिका लागि गोरामुमोमार्फत सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता जनाए।

यसै अवसरमा कोइला गोदाम शाखा कमिटी गठन प्रक्रियालाई अघि बढाउन एस. एन. रुम्बालाई संयोजकमा चयन गरिएको छ। त्यसैगरी सुबला गुरुङलाई गोर्खा राष्ट्रिय नारी संगठनको संयोजिका तथा बुद्ध तामाङलाई गोर्खा राष्ट्रिय युवा मोर्चाको संयोजक पदमा नियुक्त गरिएको छ। नवप्रवेशी सदस्य तथा नवनियुक्त संयोजकहरूलाई खादा ओढाएर निमा लामा तथा उपस्थित प्रतिनिधिहरूले हार्दिक स्वागत गरेका थिए।

सभालाई सम्बोधन गर्दै बी. के. राई, निमा लामा, अमृता थापा र मदन छेत्रीले गोरामुमोले विगतदेखि गोर्खा जातिको संवैधानिक सुरक्षा, भूमि संरक्षण, पहिचान र सम्मानका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे। उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वमा भारत सरकारसँग सहकार्य गर्दै गोर्खा जातिको स्थायी राजनीतिक समाधानतर्फ गोरामुमोले खेलेको भूमिकाबारे विस्तृत जानकारी गराएका थिए।
वक्ताहरूले संघर्षको उपलब्धि हासिल गर्ने समय नजिकिँदै गएको उल्लेख गर्दै भ्रम र अफवाहको पछि नलागी सबै गोर्खाहरूलाई एकताबद्ध भएर जाति र माटोको हितका लागि गोरामुमोको अभियानमा सहभागी हुन आह्वान गरेका थिए। सभाले संगठन विस्तारसँगै जनविश्वास अझ सुदृढ भएको सन्देश दिएको सहभागीहरूको भनाइ रहेको छ।

Share this news
आजको रोजाइ
तिनधारे चिया बगानमा गोरामुमोको विशेष संगठनात्मक सभा सम्पन्न

तिनधारे चिया बगानमा गोरामुमोको विशेष संगठनात्मक सभा सम्पन्न

बढ्दो सवारी चापसँगै गेजिङ बजार व्यवस्थाको चुनौती, दीर्घकालीन समाधानको खाँचो

बढ्दो सवारी चापसँगै गेजिङ बजार व्यवस्थाको चुनौती, दीर्घकालीन समाधानको खाँचो

टुङ-सन्तमेरिज समष्टिको सांगठनिक सभा: ५० घर गोरामुमोमा आबद्ध

टुङ-सन्तमेरिज समष्टिको सांगठनिक सभा: ५० घर गोरामुमोमा आबद्ध

मंग्पु लाब्दा समष्टिमा युवा र नारी जनशक्ति फ्रण्टको सांगठानिक सभा सम्पन्न

मंग्पु लाब्दा समष्टिमा युवा र नारी जनशक्ति फ्रण्टको सांगठानिक सभा सम्पन्न

ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा नर्वे

ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा नर्वे

मसुर अनि चना दाल मामिला आइजीजेएफले सार्वजनिक गरेको दावी

मसुर अनि चना दाल मामिला आइजीजेएफले सार्वजनिक गरेको दावी

सञ्चार क्षेत्रका समस्या समाधानार्थ रचनात्मक सुझावसंग संवादमा आउनपर्ने

सञ्चार क्षेत्रका समस्या समाधानार्थ रचनात्मक सुझावसंग संवादमा आउनपर्ने

दार्जीलिङ नगरपालिका वार्ड नं. ९ मा गोरामुमोको नयाँ शाखा गठन

दार्जीलिङ नगरपालिका वार्ड नं. ९ मा गोरामुमोको नयाँ शाखा गठन

‘सोचेको थिएँ मानिसहरूले उनलाई घृणा गर्थे’: खामेनीको अन्त्येष्टिमा इरानीहरू रोएको देखेपछि ट्रम्पको टिप्पणी

‘सोचेको थिएँ मानिसहरूले उनलाई घृणा गर्थे’: खामेनीको अन्त्येष्टिमा इरानीहरू रोएको देखेपछि ट्रम्पको टिप्पणी

मनसुनको समयमा पनि अत्यधिक गर्मीले सिलिगुढीबासी बेहाल; तापक्रम ३५ डिग्री सेल्सियस पुग्यो

मनसुनको समयमा पनि अत्यधिक गर्मीले सिलिगुढीबासी बेहाल; तापक्रम ३५ डिग्री सेल्सियस पुग्यो

आजको रोजाइ