Major Durga Malla's

स्वाधीनता संग्राममा मेजर दुर्गा मल्लको योगदान अतुल्य

Share this news

भारतीय गोर्खा परिसङ्घ, कालेबुङको तत्वावधानमा आजाद हिन्द फौजका प्रथम गोर्खा शहीद मेजर दुर्गा मल्लको 81औं बलिदान दिवस भव्यरुपमा पालन गरियो। गोर्खा दुःख निवारक सम्मेलनमा आयोजित समारोहको अध्यक्षता भागोप कालेबुङकी अध्यक्ष श्रीमती अनिता भूषालद्वारा गरिएको थियो। प्रमुख अतिथिका रुपमा नौसेनाका कमान्डेन्ट तथा कालेबुङ सैनिक बोर्डका सचिव दिलराम गुरूङ थिए। जसलाई पूर्व सैनिकहरूले स्कर्ट गरी समारोहसम्म लगिएको थियो। विशिष्ट अतिथिमा बीएड कलेजका पूर्व प्राचार्य मनिन्द्र भुजेल, भागोप कालेबुङका पूर्व अध्यक्ष जेबी राई, उदय कुमाई, अरूण कुमार रसाइलीलगायत पूर्व सैनिकहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम हुनभन्दा अघि बिहान यहाँको त्रिकोण पार्कमा रहेको शहीद वेदीमा मेजर दुर्गा मल्ललगायत गोर्खा शहीदहरू जङ्गबीर सापकोटा, दलबहादुर गिरी, रोशन राईलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।
त्यसपछि भवनको कार्यक्रममा स्वाधीनता संग्राममा गोर्खाहरूको योगदानमाथि निर्मित वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। यसरी नै स्वाधीनता संग्राममा गोर्खाहरूको योगदानमाथि प्रा. मनिन्द्र भुजेलद्वारा वक्तव्य प्रस्तुत गरिएको थियो। श्रीमती शीला थामीद्वारा सञ्चालित कार्यक्रममा बरिष्ठ पत्रकार अरूण कुमार रसाइलीलाई सम्बर्द्धना पनि जनाइएको जानकारी चन्द्रकला राईले दिएकी छिन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न