लङभ्यू चिया श्रमिकहरूद्वारा पीएफ अफिसमा धरना प्रदर्शन

Share this news

सन् 2013 देखि लङभ्यू चिया बगानको मालिकले नियमित रुपमा पीएफ राशि जम्मा नगरेको विषय लिएर बिहीबार हिल प्लान्टेसन इम्प्लोइज युनियनले सिलगढी रिजनल पीएफ कार्यालयमा धरना प्रदर्शन गरेको थियो। भुक्तभोगी लङभ्यू चिया बगानका श्रमिकहरूले दिउँसो दार्जीलिङ मोडबाट सिलगढी जङ्कसनसम्म जुलूस निकालेका थिए। जङ्कसन परिसरमा अवस्थित रिजनल पीएफ कार्यालय पुगेको उक्त जुलूस धरनामा परिणत भएको थियो। धरनामा सयौं चिया श्रमिकहरू उपस्थित थिए। धरना अवधि युनियनका केन्द्रीय समिति सचिव छेवाङ योञ्जन, सदस्य तनुजा लामा, लङभ्यू युनिटका सचिव विन्ध्या थापा, सहसचिव सजिना योञ्जन र सदस्य कविता पाखरिनले रिजनल पीएफ कमिश्नर एसएन घोषसँग भेट गरी 2013 देखि मालिकले पीएफ जमा नगरेको विषयबारे अवगत गराए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न