मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः चिम्नी-देवरालीको जंगल क्षेत्रको मुनिको भागमा अवस्थित मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंकको खबर प्रकाशमा आएको छ। हुन्‌‍ त उक्त क्षेत्र जंगल क्षेत्रसित संग्लग्न रहेकोले वा जंगलले घेरिएकोले वर्ष भर नै चितुवा अनि अन्य वन्य जीव-जन्तु गाउँ-घरमा भित्रिने गर्छ। यद्यपि धेरै समयपछि एकपल्ट पुन: उक्त क्षेत्रमा चितुवाले स्थानीय एकजना कृषकको खोरबाट एउटा सुँगुरको बच्चा लगेको जानकारी पाइएको छ।

विगत केही वर्ष अघि झैं वर्तमानमा त्यस्तो गम्भीर स्थित नरहे तापनि चितुवाको आतंक वा अन्य जीव जन्तुहरूको उपस्थिति प्रायः नै क्षेत्रमा देखिने गरिन्छ। विगतको वर्षहरूमा चितुवाले गाउँबाट विभिन्न पाल्तु जीव-जन्तु कुकुर, खसी, बाख्रा, कुखुरा, सुँगुर आदि लाने गर्थ्यो, यो क्रम विगतमा केही थामिएको भए तापनि गत केहि महिना पछि पुन: चितुवाले स्थानीय मजुवा निवासी रमेश पाख्रिनको सुँगुरको खोरबाट एउटा बच्चा सुँगुर लिएर गएको छ।

यस भन्दा अघि मजुवा क्षेत्रको अन्य ठाउँबाट चितुवाले कुकुर लागिएको जानकारी उक्त क्षेत्रको समाजका वरिष्ठ प्रतिनिधि रूद्र तामाङले दिएको हुन्‌‍। तिनले बताए अनुसार, जंगली जीव जन्तुले केवल पशु-प्राणीलाई मात्र नोक्सान गर्दैनन्‌‍ तर उक्त क्षेत्र एउटा कृषि क्षेत्र रहेकोले विगतको वर्षहरूमा कृषि उत्पादनहरू पनि धेरै नष्ट गरेको थियो। अर्थात्‌‍ विगत वर्षहरू झैं आतंकको स्थिति वर्तमानमा नरहे पनि समय-समय चितुवाले वा अन्य जीव जन्तुले क्षेत्रमा समस्या सृजना गरिरहेको छ।

अर्को तर्फ, खरसाङ वन विभागका खरसाङ रेञ्ज अधिकारी मनोज कुमार छेत्री यस विषयमा प्रश्न गर्दा मजुवा क्षेत्रबाट चितुवाले सुँगुर लगेको घटनाको कुनै जानकारी अहिले तिनीसित नरहेको भए तापनि यस विषयमा जानकारी लिनेछौँ भनी तिनले बताए।


Share this news
आजको रोजाइ
सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ

स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रगरे प्रशंसा

दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रगरे प्रशंसा

बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका होडिङ र साइनबोर्डले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेकोछ

बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका होडिङ र साइनबोर्डले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेकोछ

आजको रोजाइ