विश्व पर्यटन दिवसको अवसर पारी लामाहट्टामा ताल उत्सव मनाइने

Share this news

विश्व पर्यटन दिवसको अवसर पारेर लामाहट्टामा २७ सेप्टेम्बरमा पालन गरिने ताल उत्सवलाई केन्द्र गरेर मंगलबार यसको आधिकारिक लोगो अनि टी सर्ट लञ्च गरियो। जीटीए अनि राज्य पर्यटन विभागको सहयोग अनि लामाहट्टा होटल एण्ड होम स्टे अनर्स एसोसिएसन, लामाहट्टा युनाइटेड ड्राइभर्स एसोसिएसन अनि सहयोग संघ, लामाहट्टाको संयुक्त आयोजनामा हुने विभिन्न रङ्गरङ्गी सांस्कृतिक कार्यक्रमहरुको साथ पालन गरिने यो उत्सवको मुख्य आकर्षण रहने, १० किलोमिटर दौडमा विभिन्न प्रान्तका धावकहरुले अंशग्रहण गर्ने जानकारी पाइएको छ। यसलाई केन्द्र गर्दै स्थानीय धावकहरुले साङ्केतिक दौड पनि गरे।‌ मंगलबार लामाहट्टा ईको पार्कमा भएको यस कार्यक्रममा विकरन फाउण्डेसनका बिक्रम राई, रिम्बिक फ्रेसका मिङमा गिर्मी शेर्पालगायत अन्य अतिथिहरु उपस्थित थिए।‌
यसबारे जानकारी गराउँदै समिति प्रवक्ता फुर्बा शेर्पाले सहभागिता जनाउन चाहनेहरुको लागि अन लाइन- अफ लाइन फारम चाँडै उपलब्ध गरिने बताएका छन्।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा