खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको सभा सम्पन्न

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको एक सभा अध्यक्ष शरद प्रधानको सभापतित्वमा बुधबार सम्पन्न भयो। सभामा ठेकेदार संगठन विषयमा धेरै सर-सल्लाह र चर्चा-परिचर्चा गरियो। खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्डहरुमा जति पनि विकासमूलक कार्यहरू भइरहेको छ ती सम्पूर्ण कामहरू नै पूर्ण सरकारी मापदण्ड अनुरुप स्तरीय रूपमा भईरहेको जानकारी पनि सभामा गराइएको छ। ठेकेदार संगठन विकासमूलक कार्यहरूमा मात्र सीमित नरहेर खरसाङ्को भलाईको निम्ति सदैव तत्पर रहेको पनि सभामा जानकारी गराइयो।यसै सभामा देबु गुरुङ, विष्णु तिरूवा अनि पासाङ लामाले खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनमार्फत अनित थापाको नेतृत्वलाई आत्मासात गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीलाई समर्थन जनाएका छन्‌‍। उनीहरूलाई संगठनको सभापति शरद प्रधान र उप सभापति प्रेमेन्द्र गुरूङले उपस्थित सम्पूर्ण सदस्यहरुको सामु खदा लगाएर पार्टीमा प्रवेश गराए। अब उप्रान्त संगठनसंग समर्पित रहेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीमा एकबद्ध भई काम गर्ने उनीहरूले मन्तब्य राखेको जानकारी वीरबल पाखरीनले दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न