सिलगढीका विशिष्ट अभिनेता कृष्ण गुरूङ बङ्गला चलचित्र “कफि हाउसेर सेइ अड्डाटा”को शुटिङ्ग सकेर कोलकाताबाट फर्केका छन्। यसअघि उक्त चलचित्रको शुटिङ्ग डुवर्सको चाल्सामा भएको थियो। उक्त चलचित्रमा कृष्ण गुरूङले अभिनेत्री रुपा गाङ्गुलीको सहायकको भूमिका निभाउने मौका पाएका छन्। नेपाली लघु चलचित्र “अँध्यारो द डार्कनेस”को निर्देशन गरी अन्तर्राष्ट्रिय पुरस्कारसमेत जितिसकेका कृष्ण गुरूङले विभिन्न नेपाली, हिन्दी र बङ्गला चलचित्रमा अभिनय गर्दै आइरहेका छन्। न्याशनल स्कूल अफ ड्रामा, दिल्लीबाट अभिनयमा प्रशिक्षण लिएका कृष्ण गुरूङले “कफि हाउसेर सेइ अड्डाटा”को शुटिङ्गको समय अन्य कलाकार अनि प्रविधिकहरूबाट धेरै कुरा सिक्ने मौका पाएको बताए।

 
				 
															










