Kolkata fans angry after failing to see Messi in person

मेसीलाई प्रत्यक्ष देख्न नपाएपछि कोलकत्तामा समर्थक असन्तुष्ट

Share this news

फुटबल सुपरस्टार लियोनल मेसीलाई हेर्न कोलकत्तामा भेला भएका समर्थकहरू उनलाई देख्न नपाएपछि आक्रोशित भएका छन्। रंगशालामा उपस्थित भीडले बोतल प्रहार गर्दै असन्तोष व्यक्त गरेको थियो। मेसी आउने घोषणापछि उनलाई प्रत्यक्ष हेर्ने उद्देश्यले ठूलो संख्यामा समर्थकले टिकट खरिद गरेका थिए। तर, टिकट लिएका दर्शकहरूले घण्टौँ कुर्दा पनि मेसीलाई देख्न नपाएको प्रतिक्रिया ‘टाइम्स अफ इन्डिया’सँग दिएका छन्।

‘न हामीले उनलाई प्रत्यक्ष देख्यौँ, न त टेलिभिजन स्क्रिनमै,’ टाइम्स अफ इन्डियाले समर्थकहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

Kolkata fans angry after failing to see Messi

 

घटनापछि प्रमुख आयोजक सताद्रु दत्तालाई पक्राउ गरिएको पश्चिम बंगाल प्रहरीका महानिरीक्षक राजीब कुमारले जानकारी दिएका छन्। उनका अनुसार खराब व्यवस्थापन दोहोरिन नदिन कारबाही प्रक्रिया अघि बढाइएको हो।

यस घटनामा देखिएको अव्यवस्थाप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गर्दै मेसीसँग माफी मागेकी छन्। ‘आज साल्ट लेक रंगशालामा देखिएको खराब व्यवस्थापनले मलाई पीडा दिएको छ,’ उनले भनेकी छन्। उनले टिकट काटेर पनि मेसीलाई भेट्न नपाएका समर्थकहरूसँगै मेसीसँग पनि क्षमायाचना गरेकी छन्।

मेसी हाल तीन दिने भारत भ्रमणमा छन्। हैदरावाद र मुम्बईको भ्रमणपछि उनी सोमबार दिल्ली पुगेर आफ्नो यात्रा सम्पन्न गर्ने कार्यक्रम रहेको छ। यस भ्रमणमा लुईज सुआरेज र रोड्रिगो डि पाउल पनि मेसीसँगै छन्। यसअघि शनिबार मेसीले कोलकत्तामा २१ मिटर अग्लो आफ्नै सालिकको अनावरण गरेका थिए।


Share this news
आजको रोजाइ
सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ

स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रगरे प्रशंसा

दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रगरे प्रशंसा

बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका होडिङ र साइनबोर्डले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेकोछ

बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका होडिङ र साइनबोर्डले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेकोछ

आजको रोजाइ