Kirat Sangh Singbung Dera members cleaning roads as part of social work

किराँत संघ सिङ्गबुङ डेराको सामाजिक कार्य बाटो सफाई

Share this news

मजुवा, 30 जुन (निसं): किराँत संघ सिङ्गबुङ डेराले सामाजिक कार्य गर्दै सवाजी खोलादेखि बाटो, नाली सफाई कार्यक्रम गरेको छ। सिङ्गबुङ डेरा किराँत संघका सदस्यहरूले सफाई अभियान चलाएर लगभग 3 किलोमिटर बाटो अनि नाली सफाईको कार्य गरेको छ। वर्खामौसममा विभिन्न मैलाकुचेला, पातपतिङ्गार आदिले नाली झोडा बन्द गरेर बाटो बिगार्न सक्ने बताउदै समयमा साफ-सफाईको कार्यक्रम गर्नु उचित हुने जनाए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियान कै एक अंश रहेकोले हाम्रो घरआँगन, परिवेश सफासुग्घर राख्नु, बाटोघाटो देखरेख हामी सबैको कर्त्तव्य रहेको संघका सभापति अमिर सुब्बाले जनाए। बिहान 10 बजीदेखि बेलुकी 5 बजीसम्म लगातार खटिएका किराँत संघका 47 जना सदस्यहरू लगायत अन्य गाउँलेहरूले आजको यस सफाई अभियानमा श्रमदान दिएर कार्यक्रमलाई सफल बनाउन योगदान दिएका गाउँलेहरू सबैप्रति संघका सभापति सुब्बाले कृतज्ञता प्रकट गरेका छन्।



Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान