तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

Share this news

खरसाङ, 10 जुलाई (मोहन प्रसाद)ः इण्डियन नेशनल तृणमूल ट्रेड यूनियन कंग्रेस (आईएनटीटीयूसी) दार्जीलिङ पहाड़ जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्रीलाई नियुक्त गरिएको छ। तिनको नियुक्तिको बारेमा पार्टीद्वारा उप श्रमायुक्त दार्जीलिङलाई एउटा पत्र पठाएर पार्टीद्वारा अवगत साथै जानकारी गराईएको छ । खरसाङमा उक्त विषयमा पत्रकारहरूलाई जानकारी गराउँदै तृणमूल कांग्रेसका दार्जीलिङ अनि कालेबुङ जिल्ला अध्यक्ष शान्ता छेत्रीले जनाए अनुसार, गत 21 जून 2025 मा पार्टीद्वारा जारी गरिएको एउटा प्रेस विज्ञप्ति अनुरूप उपेन्द्र छेत्रीलाई आईएनटीटीयूसी दार्जीलिङ पहाड़को जिल्ला अध्यक्षको पदमा नियुक्त गरिएको हो । सोही अनुरूप बुधवार तृणमूल कांग्रेस पार्टीका दार्जीलिङ अनि कालेबुङ जिल्ला चेयरम्यान एलबी राई साथै अध्यक्ष शान्ता छेत्रीद्वारा हस्ताक्षरित एउटा पत्र मार्फत् दार्जीलिङका उप श्रमायुक्तलाई एउटा पत्र पठाएर उक्त विषयमा अवगत गराईएको छ। पत्रमा अबोप्रान्त श्रमिक सम्बन्धि विविध विषयमा आईएनटीटीयूसी अध्यक्ष उपेन्द्र छेत्री मार्फत कार्य गरिने जानकारी गराइएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न