अन्तर्राष्ट्रिय सहकारिता वर्ष 2025 को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा जागरूकता कार्यक्रम

Share this news

सोनादा, 11 जुलाई (निसं):अ अन्तर्राष्ट्रिय सहकारिता वर्ष 2025 को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा दार्जीलिङ जिल्ला सेन्ट्रल को-अपरेटिभ ब्याङ्क र को-अपरेटिभ विभागको संयुक्त तत्वावधानमा एक विशेष जागरूकता कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा सहकारी विभाग, उत्तरी क्षेत्रका सहायक शिक्षा अधिकारी सरगम बराइली र को-अपरेटिभ ब्याङ्कका फिल्ड अफिसर शुभम छेत्री विशेष अतिथि रूपमा उपस्थित थिए। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक हरिश कमल लिम्बुले गरेका थिए। कार्यक्रम अवधि विद्यार्थीहरूलाई सहकारीको महत्वका साथै वृक्षारोपणको आवश्यकता विषयमा जानकारी दिइयो। यसै कार्यक्रम अन्तर्गत वृक्ष रोपणको कार्यक्रम सम्पन्न गरिएको थियो भने विद्यार्थीहरूले वृक्ष रोपणमा सक्रिय सहभागिता जनाएका थिए। सहयोगात्मक र शैक्षिक वातावरण सिर्जना गर्न विद्यालयले खुल्ला हाजिरी जवाफ तथा हिज्जे प्रतियोगिता पनि आयोजना गरेको थियो। हाजिरी जवाफ प्रतियोगितामा अनन्त राई प्रथम, गौरव प्रधान दोस्रो र एरोन तामाङ तेस्रो स्थानमा रहे भने हिज्जे प्रतियोगितामा स्वादीप तामाङ प्रथम, रोनित राई दोस्रो र सशांक तामाङ तेस्रो स्थानमा रहे। विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरियो। कार्यक्रमको समापनमा प्रधानाध्यापक लिम्बुले सम्पूर्ण अतिथि, विद्यार्थी र आयोजकलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर रुपमा आयोजना गर्ने प्रतिवद्धता जाहेर गरे भनी जानकारी रूपेश क्षेत्रीले दिएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न