Inauguration of Panchayat Bhawan at Samashti 28 Chimni Deorali

समष्टि 28 चिमनी देवरालीमा पञ्चायत भवन उद्घाटन

Share this news

28 नम्बर खरसाङ चिमनी देवरालीको चिमनी देवराली ग्राम पञ्चायत कार्यालयको नयाँ भवनको विधिवत उदघाटन गरिएको छ।‌ उक्त नयाँ पञ्चायत भवनको उदघाटन 28 नम्बर समष्टिको सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रीद्वारा रिबन काटेर उदघाटन गरिएको छ। यस अवसरमा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत प्रधान विमल तामाङ, उप प्रधान अनुपा सुब्बा, पञ्चायत सदस्यहरु, पञ्चायत कार्यालयको कर्मचारीहरु अनि विभिन्न संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो। प्रथममा लामाजनबाट पूजापाठ गरेपछि पञ्चायत प्रधानद्वारा नरिवल फुटाएपछि सभासद श्याम शेर्पा र खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री अनि खरसाङ खण्ड विकास अधिकारीद्वारा पर्दा हटाएर अनि रिबन काटेर उदघाटन गरियो। यस उदघाटन समारोहपछि दोस्रो चरणमा अतिथिहरुलाई श्रद्धा र फूलको बुकेद्वारा सम्मान गर्दै स्वागत जनाएपछि स्वागत भाषण पञ्चायत प्रधान विमल तामाङले राखेका भने कार्यक्रमको सञ्चालन अनिल राईले गरेका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न