अवैध निर्माणमाथि दार्जीलिङ नगरपालिकाको कारवाही

Share this news

दार्जीलिङ, (निस):
शहरलाई सफा, स्वच्छ र सुन्दर बनाउने सोच लिएर अघि बढिरहेको दार्जीलिङ नगरपालिकाले शहरी क्षेत्र तथा नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने अवैध दखल तथा निर्माण कार्यविरुद्ध कारवाही गर्दै आइरहेको छ। यसै क्रममा यहाँको मेरीभिल्लानजिक निम्की डाँड़ा परिसरमा राष्ट्रिय राजमार्गलाई बाधा पुऱ्याउने अवैध निर्माण ढाँचाहरू दार्जीलिङ नगरपालिकाले तोड्ने अभियान आरम्भ गरेको छ। विशेष गरी फूटपाथ अनि नाला झोड़ामाथि बनाइएको अवैध निर्माण कार्यमाथि पहिलेदेखि नै नगरपालिकाले बुल्डोजर चलाउँदै आइरहेको छ भने अब राष्ट्रिय राजमार्गलाई बाधा पुऱ्याउने गरी बनाइएको अवैध निर्माणमाथि नगरपालिकाले ध्यान केन्द्रित गरिरहेको छ। दार्जीलिङ शहरदेखि घूमसम्म नियालेर हेर्दा राष्ट्रिय राजमार्गको सिमाना ओगटेर कतिले अवैध निर्माण कार्य गरेका देख्न पाइन्छ। कतिले सड़क मिचेर घरको ढाँचा तयार गरेको हुँदा नगरपालिकाले यस्ता निर्माणमाथि पनि ध्यान दिएर कारवाही गरोस् भन्ने सचेत जमातको भनाइ छ


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान