जल बिद्युत कर्मचारी संगठनको सभा सम्पन्न

Share this news

रिम्बिक, 4 अगस्त(निसं): विद्युत कर्मचारी छाता संगठन दार्जीलिङ जिल्ला जल विद्युत कर्मचारी संगठनको एक महत्वपूर्ण सभा लोधोमाको सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा विद्युत विभागमा कार्यरत अस्थायी कर्मचारीहरुको उपस्थिति रहेको थियो। सभामा संगठनको उद्देश्य कार्य प्रणाली आदि बारे उपस्थित कर्मचारीहरुलाई अवगत गराइएको थियो। संगठनका सभापति मधुकर प्रधानले सभापछि मिडिया-सितको अन्तर्क्रियामा  सभामा क्षेत्रका धेरै बिजुली बिभागसित जोडिएका कर्मचारीहरु संगठनमा सामेल भएको जानकारी दिए। उनीले हाल बिजुली विभागका कर्मचारीहरुको अवस्था नाजुक अनि दयानीय बन्दै आएको भन्दै आगामी दिनमा भव्य सभाको आयोजना गर्ने जानकारी दिए। उनीले यस क्षेत्रमा धेरै समय अघिदेखि कार्यरत कर्मचारीहरु रहेको तथा उनीहरुलाई एकै मञ्चमा भेला गराई एक समिति गठन गरिने बताए। यसका साथै उनीले अर्को सभामा यहाँका सम्पुर्ण कर्मचारीहरुलाई उपस्थित गराउने बताए। उनले यहाँका कर्मचारीहरु सकारात्मक रहेको भन्दै हालै तकदाहमा भएको घटनाको निन्दा गरे। उनीले उक्त घटनाको छानबिन सठिक हुनु पर्ने भन्दै पिडित कर्मचारीले न्याय पाउनु पर्ने माग गरे। उनले उपभोक्ताहरुको गुनासो सही रहेको तर कर्मचारीहरुमाथि शारीरिक आक्रमण गर्न नमिल्ने बताए।  सभामा   विद्युत बिभागमा अस्थायी रूपमा कार्यरत कर्मचारीहरुको अधिकार, सुरक्षा अनि संगठनको अन्य गतिविधिहरूको गहन रूपमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान