हाम्रो छहारी मुम्बई अध्यक्ष श्रीमती सकुन् सिंह राईको अध्यक्षतामा मुम्बई कार्यकरणी समितिको मासिक सभा सम्पन्न भयो। जसमा उक्त संस्थाले गरेको मानव परोपकारी कार्यको चर्चा गरिएको थियो। उक्त संस्थाका मूलसचिव रामसिंह तिरुवाले सभा सञ्चाल गरेका थिए भने कोषाध्यक्ष कमल बहादुर कार्की, सह-कोषाध्यक्ष सुश्री शोभना कमल सिंह, श्रीमती अनिता राणा, प्रमुख सल्लाहकार कमल सिंहको उपस्थिति रहेको थियो। आजको सभामा आगामी कार्य योजना र हाम्रो छहारी मुम्बई घडेरीको लागि कोष सङ्ग्रह गर्ने विषयमा पनि चर्चा गरियो। स्मरण रहोस् , हाम्रो छहारी मुम्बईले टाटा क्यान्सर अस्पतालमा उपचार गर्न जाने गोर्खाहरूको लागि बिल्डिङ्ग भाडामा लिएर बस्ने व्यवस्था गर्दै आइरहेको छ। अहिले उक्त संस्थाको सिलगढी र कोलकाता शाखा पनि सञ्चालन गरिरहेको छ।












