लङभ्यू समस्या तत्काल समाधानार्थ हिल प्लान्टेसन इम्प्लोइज युनियनको माग

Share this news

उत्तरकन्याको विशेष सभामा बन्द चिया बगानबारे गम्भीर छलफल, लङभ्यूको समस्या तत्काल समाधान गर्न हिल प्लान्टेसन इम्प्लोइज युनियनले माग गरेको थियो। उत्तरकन्यामा आज दार्जिलिङ, तराई तथा डुवर्सका बन्द चिया बगानहरूको वर्तमान अवस्था र समाधानका उपायबारे विशेष बैठक सम्पन्न भएको छ। राज्य सरकारद्वारा आयोजित उक्त बैठकमा विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको थियो। बैठकमा पश्चिम बंगालका श्रम मन्त्री अर्जुन सिंह, श्रम राज्यमन्त्री भाष्कर भट्टाचार्य, श्रम विभागका विभिन्न आयुक्तहरू, सांसद राजु विष्ट तथा विधायकहरू मनोज टिग्गा, आनन्दमय बर्मन र सोनाम लामा लगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

बैठकमा हिल प्लान्टेसन्स इम्प्लोयिज युनियन (HPEU) का तर्फबाट महासचिव सुमेन्द्र तामाङ र संयोजक सेमिका लामाले चिया उद्योग तथा बन्द बगानसँग सम्बन्धित महत्वपूर्ण विषयहरू उठाएका थिए। युनियनले पहिलो मागका रूपमा चिया ऐन, १९५३ अन्तर्गतको कानुनी व्यवस्थालाई प्रयोग गरी बन्द तथा संकटग्रस्त चिया बगानहरू सरकार आफैंले सञ्चालन गर्ने वा आवश्यक परे व्यवस्थापन आफ्नो नियन्त्रणमा लिनुपर्ने आवश्यकता औँल्यायो।

त्यसैगरी, १० अप्रिल २०२३ मा तत्कालीन तृणमूल सरकारले भूमि सुधार ऐनमा गरेको संशोधनका कारण चिया बगानको लिज जमिन अन्य निजी पुँजीपतिलाई बिक्री गर्न सकिने व्यवस्था गरिएको भन्दै उक्त संशोधन खारेज गर्न र चिया बगानको जमिनलाई कर्पोरेट स्वार्थबाट जोगाउन माग गरिएको छ।

HPEU ले बन्द बगानहरूमा तत्काल श्रमिक सहकारी संस्था (को–अपरेटिभ सोसाइटी) मार्फत सञ्चालनको व्यवस्था गरी श्रमिकलाई सशक्त बनाउनुपर्ने धारणा पनि राखेको छ।

बैठकमा लङभ्यू चिया बगानको समस्यालाई विशेष प्राथमिकताका साथ उठाइएको थियो। ८० दिनसम्म आन्दोलन र अनशन जारी रहँदा पनि श्रमिकहरूले न्याय नपाउनु संस्थागत असफलताको प्रतीक भएको युनियनको भनाइ थियो। साथै, लङभ्यूसहित अन्य चिया बगानहरूमा भविष्य निधि (PF), ग्र्याचुइटी, बक्यौता ज्याला तथा अन्य श्रमिक अधिकारसम्बन्धी समस्याको शीघ्र समाधान गर्न श्रम विभाग र EPFO लाई अझ प्रभावकारी रूपमा श्रमिक पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

बैठकमा ६ नोभेम्बर २०२४ मा जारी गरिएको बन्द चिया बगान सञ्चालनसम्बन्धी स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (SOP) चिया उद्योगका लागि घातक हुन सक्ने भन्दै त्यसको पुनरावलोकन गर्नुपर्ने विषयमा पनि गम्भीर छलफल भएको थियो। साथै, ‘टी टुरिजम’ को नाममा चिया उद्योग कमजोर पार्ने वा चिया बगानको जमिन अन्य प्रयोजनका लागि दुरुपयोग हुने सम्भावनाप्रति सबै ट्रेड युनियनहरूले गम्भीर चिन्ता व्यक्त गरेका थिए।

बैठकको अन्त्यमा HPEU ले लङभ्यू चिया बगानको समस्याको स्थायी समाधानका लागि श्रम मन्त्री अर्जुन सिंहको उपस्थितिमा छिट्टै निर्णायक बैठक बोलाई समस्या समाधानको प्रक्रिया अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ।

उक्त बैठकमा HPEU का तर्फबाट सुमेन्द्र तामाङ र सेमिका लामाले वक्तव्य राखेका थिए भने लङभ्यू चिया बगानका प्रतिनिधिका रूपमा तनुजा लामा, बिन्द्या थापा र कविता पाख्रिनको पनि उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
इक्का मन पर्यो ? यहाँ केही कोर्टरूम थ्रिलरहरू छन् जुन तपाईंले हेर्नुपर्छ

इक्का मन पर्यो ? यहाँ केही कोर्टरूम थ्रिलरहरू छन् जुन तपाईंले हेर्नुपर्छ

राज्यपाल माथुरद्वारा गान्तोकको २१२ औं भानु जयन्तीमा सहभागिता

राज्यपाल माथुरद्वारा गान्तोकको २१२ औं भानु जयन्तीमा सहभागिता

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र फलमुखी संस्थाका रूपमा विकास गर्ने

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र फलमुखी संस्थाका रूपमा विकास गर्ने

देवीमाया कटुवालको अत्यन्तै जीर्ण र जोखिमपूर्ण घरमा टार्पोलिन जडान

देवीमाया कटुवालको अत्यन्तै जीर्ण र जोखिमपूर्ण घरमा टार्पोलिन जडान

बैंककको एक पबमा आगलागी, कम्तिमा २७ जनाको मृत्यु, २२ घाइते

बैंककको एक पबमा आगलागी, कम्तिमा २७ जनाको मृत्यु, २२ घाइते

गोरानासं लिङ्गे-मेरिबुङ शाखाको संयुक्त सांगठनिक सभा सम्पन्न

गोरानासं लिङ्गे-मेरिबुङ शाखाको संयुक्त सांगठनिक सभा सम्पन्न

दिल्लीमा धर्मराज थापाद्वारा अनुवादित “मगध” पुस्तकको विमोचन

दिल्लीमा धर्मराज थापाद्वारा अनुवादित “मगध” पुस्तकको विमोचन

गोर्खा विश्वकर्मा (कामी) युथ ट्रस्टद्वारा आश्रममा लत्ताकपडा तथा खाद्यान्न सहयोग

गोर्खा विश्वकर्मा (कामी) युथ ट्रस्टद्वारा आश्रममा लत्ताकपडा तथा खाद्यान्न सहयोग

लङभ्यू समस्या तत्काल समाधानार्थ हिल प्लान्टेसन इम्प्लोइज युनियनको माग

लङभ्यू समस्या तत्काल समाधानार्थ हिल प्लान्टेसन इम्प्लोइज युनियनको माग

इण्डियन गोर्खा नारी जनशक्ति फ्रण्डको सभा खरसाङमा सम्मन्न भयो

इण्डियन गोर्खा नारी जनशक्ति फ्रण्डको सभा खरसाङमा सम्मन्न भयो

आजको रोजाइ