गोर्खा विश्वकर्मा (कामी) युथ ट्रस्टद्वारा आश्रममा लत्ताकपडा तथा खाद्यान्न सहयोग

Share this news

समाजसेवालाई निरन्तरता दिँदै गोर्खा विश्वकर्मा (कामी) युथ ट्रस्टले आइतबार एक आश्रममा पुगेर लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण गरेको छ। ट्रस्टका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा आश्रमका आवश्यकतामा रहेका व्यक्तिहरूलाई कपडा, खाद्यान्न तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका क्रममा ट्रस्टले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै समाजका असहाय, वृद्ध तथा आवश्यकतामा रहेका व्यक्तिहरूको सहयोगमा आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

स्थानीय समुदायले ट्रस्टको यस सेवामूलक कार्यको प्रशंसा गर्दै यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्। गोर्खा विश्वकर्मा (कामी) युथ ट्रस्टले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, राहत तथा मानव सेवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

स्मण रहोस् राजधानी दिल्लीमा स्थापित गोर्खा विश्वकर्मा (कामी) युथ ट्रस्टको मुख्य कार्य युवाहरूलाई लागूऔषधबाट टाढा राखी सृजनशील कार्य अनि खेलकूदमा संलग्न गराउनु हो। जुन कार्यमा लाग्नाले उनीहरूको स्वास्थ्यमा प्रगति हुन्छ। यसका साथै जाति, समाज अनि देशलाई आफ्नो पक्षबाट योगदान दिन सक्ने छ। यस कार्य गर्न सदैव प्रयासरत गोर्खा विश्वकर्मा (कामी) युथ ट्रस्टको योगदान गोर्खाहरूमा प्रशन्सनीय रहेको छ।

Share this news
आजको रोजाइ
इक्का मन पर्यो ? यहाँ केही कोर्टरूम थ्रिलरहरू छन् जुन तपाईंले हेर्नुपर्छ

इक्का मन पर्यो ? यहाँ केही कोर्टरूम थ्रिलरहरू छन् जुन तपाईंले हेर्नुपर्छ

राज्यपाल माथुरद्वारा गान्तोकको २१२ औं भानु जयन्तीमा सहभागिता

राज्यपाल माथुरद्वारा गान्तोकको २१२ औं भानु जयन्तीमा सहभागिता

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र फलमुखी संस्थाका रूपमा विकास गर्ने

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र फलमुखी संस्थाका रूपमा विकास गर्ने

देवीमाया कटुवालको अत्यन्तै जीर्ण र जोखिमपूर्ण घरमा टार्पोलिन जडान

देवीमाया कटुवालको अत्यन्तै जीर्ण र जोखिमपूर्ण घरमा टार्पोलिन जडान

बैंककको एक पबमा आगलागी, कम्तिमा २७ जनाको मृत्यु, २२ घाइते

बैंककको एक पबमा आगलागी, कम्तिमा २७ जनाको मृत्यु, २२ घाइते

गोरानासं लिङ्गे-मेरिबुङ शाखाको संयुक्त सांगठनिक सभा सम्पन्न

गोरानासं लिङ्गे-मेरिबुङ शाखाको संयुक्त सांगठनिक सभा सम्पन्न

दिल्लीमा धर्मराज थापाद्वारा अनुवादित “मगध” पुस्तकको विमोचन

दिल्लीमा धर्मराज थापाद्वारा अनुवादित “मगध” पुस्तकको विमोचन

गोर्खा विश्वकर्मा (कामी) युथ ट्रस्टद्वारा आश्रममा लत्ताकपडा तथा खाद्यान्न सहयोग

गोर्खा विश्वकर्मा (कामी) युथ ट्रस्टद्वारा आश्रममा लत्ताकपडा तथा खाद्यान्न सहयोग

लङभ्यू समस्या तत्काल समाधानार्थ हिल प्लान्टेसन इम्प्लोइज युनियनको माग

लङभ्यू समस्या तत्काल समाधानार्थ हिल प्लान्टेसन इम्प्लोइज युनियनको माग

इण्डियन गोर्खा नारी जनशक्ति फ्रण्डको सभा खरसाङमा सम्मन्न भयो

इण्डियन गोर्खा नारी जनशक्ति फ्रण्डको सभा खरसाङमा सम्मन्न भयो

आजको रोजाइ