राज्यपाल माथुरद्वारा गान्तोकको २१२ औं भानु जयन्तीमा सहभागिता

Share this news

सिक्किमका माननीय राज्यपाल श्री ओम प्रकाश माथुरले आज गान्तोकको भानु उद्यानमा आयोजित २१२ औं भानु जयन्ती समारोहमा भाग लिनुभयो। यस अवसरमा, राज्यपालले नेपाली साहित्यका अग्रणी आदि कवि भानुभक्त आचार्यको प्रतिमामा पुष्पहार अर्पण गर्नुभयो। यस वर्षको आधिकारिक कार्यक्रम कतारका पूर्व अमीर (पिता अमीर) शेख हमद बिन खलिफा अल-थानीको निधनमा भारत सरकारले घोषणा गरेको एक दिने राष्ट्रिय शोकको सम्मानमा संक्षिप्त र सरल राखिएको थियो।

माननीय ग्रामीण विकास मन्त्री श्री अरुण उप्रेती र माननीय जनस्वास्थ्य इन्जिनियरिङ (PHE) मन्त्री श्री सोनम लामा विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। गान्तोकका माननीय विधायक श्री डेले नामग्याल बरफुङ्गपा, स्यारी निर्वाचन क्षेत्रका माननीय विधायक श्री तेन्जिङ लामथा, विभिन्न सरकारी विभागका वरिष्ठ अधिकारीहरू र अन्य विशिष्ट व्यक्तिहरू पनि उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष श्री हरि ढुंगेल, कार्यकारी समितिका सदस्यहरू र स्थानीय साहित्यकारहरूको पनि उपस्थिति थियो। गान्तोकमा पनि पहिलेदेखि नै गोप्यरूपमा कार्यक्रमहरू भइरहेका भए पनि सन् 1979-मा आएर मात्र ‘भानु सालिक निर्माण समितिले भानु जयन्ती पालन गर्न शुरु गरेको नेपाली साहित्य परिषदका संस्थापक अध्यक्ष श्री राजके श्रेष्ठ बताउनुहुन्छ। उहाँअनुसार 1979 अघिसम्म गान्तोकमा खुल्लारूप भानु जयन्ती आयोजन गरिएको जानकारी प्राप्त छैन। 1979-मा गान्तोकमा भानुभक्तको सालिक निर्माणार्थ ‘भानु सालिक निर्माण समिति’ गठन गरिएको थियो। यही समितिले 1979-मा पहिलोपल्ट भानु जयन्ती समारोह आयोजन गर्‍यो। त्यसको अर्को वर्ष सन् 1980-मा यो समितिले प्लास्टर र पेरिसको प्रयोगमा भानुभक्तको सालिक निर्माण गरेको थियो, जसका लागि कलकत्ताबाट मूर्तिकार ल्याइएको थियो। त्यसपछि सन् 1981-मा भानुभक्तको कास्य प्रतिमा निर्माण गरियो भने यही वर्ष ‘नेपाली साहित्य सम्मेलन, सिक्किमको’ स्थापना पनि गरिएको थियो। यही सम्मेलनलाई वर्तमानमा ‘नेपाली साहित्य परिषद, सिक्किम’ भनेर जानिन्छ।

श्रीमती दिलकुमारी भण्डारीले ‘भानु जयन्ती समारोह ‘नेपाली साहित्य सम्मेलन’ले आयोजन गर्नुपर्छ’ भन्ने सल्लाह दिनुभएपछि तत्कालीन नेपाली साहित्य सम्मेलन, सिक्किमले पहिलोपल्ट आफ्नो ब्यानरमा भानुजयन्ती समारोह आयोजन गरेको थियो। त्यसपछि भने निरन्तर आयोजन हुँदै आइरहेको छ, जसमा भानु पुरस्कारसम्मा दिइने गरिएको छ।

यसरी नै सन् 1979-को भानु जयन्ती समारोहदेखि नै गान्तोकमा ‘शोभायात्रा’ निकालेर नगर परिक्रमाको परम्परा पनि बसाइएको साहित्यकार राजके श्रेष्ठ बताउनु हुन्छ, जो आजपर्यन्त बाँचिरहेको छ। यसअघि नै भारतमा देहरादुनबाट 1955-56 देखि नेपाली भाषालाई संवैधानिक मान्यता प्राप्त हुनुपर्छ भन्ने माग उठिसकेको थियो, जसले देशभरिका नेपाली भाषीलाई एकसूत्रमा बाँद्ने काम गरेको थियो, जोड्ने काम गरेको थियो।

यही क्रममा सन् 1972-मा ‘अखिल भारतीय नेपाली भाषा समिति’-को जन्म भयो। यो समितिको माध्यमद्वारा नेपाली भाषालाई संवैधानिक मान्यताका लागि ठूलो सङ्घर्ष गरिएको थियो। यसैबीच सिक्किम 1975-मा भारतमा विलय भयो, जसले देशव्यापिरूपमा चलिरहेको नेपाली भाषा मान्यताको आन्दोलनलाई थप टेवा पुगेको थियो।

यसबिचमा अखिल भारतीय नेपाली भाषा समितिले पनि भानु जयन्ती समारोह आयोजन गर्न थालेको थियो पाइन्छ। यो समितिले सन् 1991-को भानु जयन्तीलाई ‘भारतीय नेपाली भाषाः एकता दिवस’-को रूपमा आयोजन गरेको थियो।
यसरी आजभन्दा 50 वर्षअघि सन् 1975 देखि सिक्किममा भानु जयन्ती आयोजनको परम्परा बसेको पाइन्छ भने आज राज्यका सबै जिल्लाका विभिन्न स्थानमा भानु जयन्ती पालन गर्ने गरिन्छ। गान्तोक, पाकिम, रिनाक, रङ्गेली, दलपचन्द, पाण्डम, राङ्का, रूम्तेक, सिङ्ताम, सोरेङ, नाम्ची, जोरथाङ, गेजिङ, देन्ताम, मगन लगायतका गाउँ-गाउँमा, स्कूल-स्कूलमा भानु जयन्ती मनाउने गरिएको छ।


Share this news
आजको रोजाइ
गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

इरानी पत्रिकाको ‘बदला सूची’मा विश्वका १३ नेताहरू: तिनीहरू को हुन् ?

इरानी पत्रिकाको ‘बदला सूची’मा विश्वका १३ नेताहरू: तिनीहरू को हुन् ?

अठाह्र वर्षपछि स्टीफन फ्लेमिङलाई चेन्नई सुपर किंग्सले बिदाइ दियो

अठाह्र वर्षपछि स्टीफन फ्लेमिङलाई चेन्नई सुपर किंग्सले बिदाइ दियो

बीटीएचएस कौस्तुभ जयन्ती आयोजक समितिको सभा

बीटीएचएस कौस्तुभ जयन्ती आयोजक समितिको सभा

रेलिङ भुवनेश्वर शिवलयमा शिव महापुरण हुने

रेलिङ भुवनेश्वर शिवलयमा शिव महापुरण हुने

हिल तराई डुवर्स माध्यमिक शिक्षक संगठन गठन

हिल तराई डुवर्स माध्यमिक शिक्षक संगठन गठन

गोरामुमोको सहिद दिवस जीडीएनएस मैदानमा हुने

गोरामुमोको सहिद दिवस जीडीएनएस मैदानमा हुने

८२औँ बलिदान दिवसः बहुजातीय कलाकारद्वारा ‘गोर्खा जागरण गीत’ गाइने

८२औँ बलिदान दिवसः बहुजातीय कलाकारद्वारा ‘गोर्खा जागरण गीत’ गाइने