दार्जीलिङ, 13 जुलाई(निसं): शिक्षक – शिक्षिका लगायत विद्यालयहरुको हितमा दार्जीलिङस्थित गोर्खा जनमुक्ति मोर्चा कार्यालयमा प्रथम पल्ट हिल तराई डुवर्स माध्यमिक शिक्षक संगठन गठन गरियो l यसको जानकारी गोक उच्च माध्यमिक विद्यालयका शिक्षक तारा खरेलले दिँदै बताए अनुसार, कमिटी गठन गरिएको हिल तराई डुवर्स माध्यमिक शिक्षक संगठनमा सभापति स्वयं तारा खरेल, उप- सभापति शशी डोमा राई, सचिव नरेश रसाईली, कोषाध्यक्ष भरत लाल प्रसाद आदिलाई चयन गरिएकोछ। आगामी दिनहरूमा शिक्षक अनि विद्यालयहरुको हितमा कार्य गर्दै जाने खरेलले बताए भने यस संगठनले पहाड तराई डुवर्सका सम्पूर्ण शिक्षक-शिक्षिकाहरुलाई एकजुट बनाउने कार्यक्रम रहेको पनि उनले जनाए। यति मात्र नभएर दार्जिलिङ पहाडको जल्दो बल्दो जातीय पहिचान अनि मुद्दाप्रति पनि शिक्षक शिक्षिकाहरुको अहम भूमिका रहने खरेलले बताए।












