दार्जीलिङ, 12 जुलाई(निसं) : मजुवा ग्राममा कृषि बन्धुको जाँच प्रमाणिक कार्यक्रम दुइ दिवसीय शिविरको आयोजना गरियो।
पश्चिम बंगाल सरकारको प्रकल्प कृषकहरूलाई सहायता राज्यको कृषि बन्धु योजना अनि केन्द्रको प्रधानमन्त्री किशान निधि दुवै योजनाले कृषकहरू लाभार्थी हुनपर्छ भन्ने परियोजनाको मजुवा ग्राममा पनि कृषि बन्धुको जाँच प्रमाणिक कार्यक्रम दुइ दिवसीय शिविरको आयोजना गरिएको छ। जस्मा लगभग 3 सय उपभोक्ताहरूको प्रमाणिकरण गर्न शुक्रबार पनि बेलुकीसम्म सबै व्यस्त रहेको मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वाङदी लेप्चाले जनाए।उक्त कार्यक्रम शिविरमा कृषि विभाग बिजनबारीबाट अधिकारीहरूको उपस्थिति रहेको थियो भने मजुवा ग्राम पञ्चायतका सम्पूर्ण कर्मचारीहरू खटिएको जानकारी दिइएको छ। कृषि बन्धु योजनाको लाभार्थीहरूले प्रधानमन्त्री किशान निधिको पनि लाभ पाउनु पर्ने साथै नयाँ आवेदकहरूले पनि आवेदन फारम भर्ने कार्य गरेको मजुवा ग्राम पञ्चायत प्रधान लेप्चाले बताएका छन्।












