फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

Share this news

असमको तिनसुकिया जिल्ला अन्तर्गत फिलोबारीस्थित बिजुलीबन, नतुन माईठङ युवक संघको कार्यालय प्राङ्गणमा असम खस महासभा तिनसुकिया जिल्ला समितिको नेतृत्व तथा फिलोबारीवासी जनसमुदायको सहयोगमा आयोजित असम खस महासभाको १०औँ केन्द्रीय प्रतिष्ठा दिवस दुईदिने विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो दिन असम खस महासभाको झण्डोत्तोलन, स्मृति दर्पण तथा असमका जनप्रिय गायक जुबिन कार्कीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

दोस्रो दिनको सबैभन्दा उल्लेखनीय आकर्षण असम खस महासभाको १०औँ प्रतिष्ठा दिवसको उपलक्ष्यमा एकैसाथ १० वटा झण्डा फहराउने विशेष समारोह रह्यो। महासभाको दशक लामो यात्रा, एकता, गौरव र निरन्तरताको प्रतीकका रूपमा सम्पन्न गरिएको यस विशेष झण्डोत्तोलनले समारोहलाई ऐतिहासिक बनाएको थियो। त्यसपछि परम्परागत नौमती बाजाको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई थप भव्यता प्रदान गर्यो।

आयोजित आमसभामा डिगबोई विधानसभा क्षेत्रका विधायक सुरेन फुकन, दार्जिलिङका पूर्व विधायक तथा गोर्खाल्याण्ड आन्दोलनका वरिष्ठ नेता बी.पी. बजगाईं, असम गोर्खा सम्मेलनका केन्द्रीय सभापति कृष्ण भुजेल, गोर्खा उन्नयन परिषद्का अध्यक्ष प्रेम तामाङ, असम खस महासभाका केन्द्रीय सभापति, उपसभापति, मुख्य सचिव, सम्पादक, आयोजक समितिका सभापति तथा विभिन्न सामाजिक, राजनीतिक र भातृ संस्थाका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अर्को प्रमुख आकर्षण एक हजार गोर्खा महिलाद्वारा प्रस्तुत गरिएको सामूहिक सङ्गिनी नृत्य थियो। कलाश्री सम्मानित वरिष्ठ कलाकार विनोद खनालको विशेष प्रशिक्षणमा प्रस्तुत गरिएको यस नृत्यले उपस्थित दर्शकहरूको मन जित्यो।

साँझको सांस्कृतिक कार्यक्रममा असमका जनप्रिय गायक सुरक्षा सेन्चुरी, पवनराज उपाध्याय तथा सागर विश्वकर्माले आफ्नो उत्कृष्ट सांगीतिक प्रस्तुति दिँदै समारोहलाई थप रौनकता प्रदान गरेका थिए।

दुईदिने यस प्रतिष्ठा दिवसले गोर्खा समुदायको भाषा, संस्कृति, कला, परम्परा र सामाजिक एकतालाई अझ सुदृढ बनाउने सन्देश दिएको आयोजक समितिले जनाएको छ।

Share this news
आजको रोजाइ
सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

आजको रोजाइ