विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

Authored By: कमल तामाङ

Share this news

विश्वका नम्बर १ खेलाड़ी इटलीका यानिक सिनरले लगातार दोस्रोपल्ट विम्बल्डन टेनिस च्याम्पियनशीपमा पुरुष एकलको खिताब जिते। सेण्टर कोर्टमा आइतवार खेलिएको फाइनलमा सिनरले जर्मनीका अनुभवी खेलाड़ी अलेक्जेण्डर ज्वेरेवलाई ६-७ (७), ७-६ (२), ६-३, ६-४-ले पराजित गरी आफ्नो करियरको पाँचौं ग्राण्ड स्ल्याम खिताब जिते। यो सिनरको ज्वेरेवविरुद्ध लगातार दशौं जीत हो। यसको साथै उनी पेशादार युगमा विम्बल्डन पुरुष एकलको खिताब सफलतापूर्वक बचाउ गर्ने दशौं खेलाड़ी बने। यसरी उनी अहिलेसम्म सातवटा ग्राण्ड स्ल्याम खिताब जित्ने आफ्नो निकटतम प्रतिद्वन्द्वी कार्लोस अल्काराजको पनि नजिक पुगेका छन्।

गरम र तेज हावा भएको मौसममा खेलिएको म्याचको पहिलो सेट चरम रोमाञ्चक रह्यो। दुई खेलाड़ीबीच रोचक प्रतिस्पर्धा भयो अनि फसेला टाईब्रेकरमा भयो। ज्वेरेवले शक्तिशाली फोरह्याण्ड लगाएर टाईब्रेकर आफ्नो नाम गरे। दोस्रो सेटमा पनि दुवै खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरे। सेटको अन्ततिर चाहिँ ज्वेरेवलाई निराश देखियो अनि यसको फाइदा उठाउँदै सिनरले टाईब्रेकरमा बढ़त हासिल गरे अनि दोस्रो सेट जितेर म्याचमा बराबरी हासिल गरे। तेस्रो सेटको अवधि अढ़ाई घण्टाभन्दा अधिक समयसम्म चलेको म्याचमा ज्वेरेवलाई पहिलो ब्रेक पोइण्ट हासिल भयो। यस अवधि ज्वेरेव ड्रप शट् खेल्ने प्रयासमा चिप्लिएर कोर्टमा लड़े। दोस्रो वरीयता प्राप्त ज्वेरेवलाई उपचारपछि खेल जारी राखे तर अघिल्लो गेममै सिनरले उनको सर्विस तोड़ेर ५-३-को बढ़त हासिल गरे। त्यसपछि सिनरले तेस्रो सेट जितेर म्याचमा २-१-को बढ़त हासिल गरे। चौथो सेटमा पनि सिनरले ज्वेरेवको सर्विस तोड़ेर ४-३-को बढ़त हासिल गरे।

त्यसपछि उनले कुनै मौका गुमाएनन् अनि असाधारण खेल देखाउँदै चौथो सेट र म्याच जिते। म्याच जित्न साथ २४ वर्षीय सिनर कोर्टमा लड़ेर लगातार दोस्रो विम्बल्डन खिताबको खुशीयाली मनाए। २०२६ सीजनमा सिनर र ज्वेरेव एटीपी टूरमा सबैभन्दा सफल खेलाड़ीहरूमा सामेल रहे। ज्वेरेवले यस सीजनमा ४४ वटा म्याच जितेर केवल १० वटा गुमाएका छन्। यसरी सिनरले ४३ वटा म्याच जितेर केवल ३ वटा गुमाएका छन्। म्याच जितेपछि सिनरले भने, यस जीतको मेरो निम्ति अलग महत्त्व छ। पेरिसपछि यहाँ पुनरागमन गर्नु सजिलो थिएन। मैले आफूलाई तयार गर्न धेरै मेहनत गरे अनि आज त्यसको फल प्राप्त भयो। यसरी उनले आफ्नो प्रतिद्वन्द्वी ज्वेरेवको पनि प्रशंसा गरे। सिनरले भने, ज्वेरेवले आफ्नो खेलमा लगातार सुधार गरिरहेका छन् अनि उनीविरुद्ध खेल्नु सदा मुश्किल हुन्छ। मजबूत प्रतिद्वन्द्वीहरूले नै खेलाड़ीहरूलाई आफ्नो सीमा बढ़ाउन प्रेरित गर्छन्।

Share this news
आजको रोजाइ
सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

आजको रोजाइ