देवीमाया कटुवालको अत्यन्तै जीर्ण र जोखिमपूर्ण घरमा टार्पोलिन जडान

Share this news

कालिम्पोङ नगरपालिका वडा नं. १५ निवासी श्रीमती देवीमाया कटुवालको अत्यन्तै जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेको घरमा पुगेर गोर्खा जनमुक्ति मोर्चा परिवारले तत्काल राहतस्वरूप टार्पोलिन जडान गर्यो। मानव सेवा नै हाम्रो पहिलो धर्म समझेर गोजमुमोले यो कार्य गरेको बताइएको छ।

वर्षाको प्रत्येक थोपा उहाँको लागि चिन्ताको विषय बनेको थियो। यस्तो कठिन घडीमा उहाँहरूलाई एक्लो महसुस हुन नदिन सानो प्रयासस्वरूप यो सहयोग गरिएको हो। हामी केवल अस्थायी टार्पोलिनमै सीमित रहने छैनौं। सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उहाँको सुरक्षित घर निर्माणका लागि पनि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

दुःखमा साथ दिनु नै साँचो राजनीति हो, र जनताको सेवा नै गोर्खा जनमुक्ति मोर्चाको मूल उद्देश्य हो। योभन्दा अघि कास्योम मस्टर गन्तिमा गोर्खा जनमुक्ति मोर्चाको जनमुखी तथा श्रमिकमैत्री अभियान अन्तर्गत हाईवे-१० तथा ३९ नं. समष्टि संयोजक श्री अर्जुन छेत्री (अशोक) र पञ्चायत समिति सदस्य श्री लाक्पा शेर्पाको विशेष पहलमा कास्योम विभागका सम्पूर्ण खटिखाने श्रमिकहरूलाई वर्षायामलाई मध्यनजर गर्दै छाता वितरण गरियो। श्री अर्जुन छेत्री (अशोक)ले आगामी वर्ष श्रमिकहरूको सुविधाका लागि छातासँगै गमबुट र ह्यान्ड ग्लोभ्ससमेत उपलब्ध गराइने तथा अन्य विभागका श्रमिकहरूलाई पनि समय मिलाएर यस्ता आवश्यक सामग्री वितरण गरिने जानकारी दिनुभयो।

यस अवसरमा हालै गठन भएका युनियनका विभिन्न शाखा समितिका प्रतिनिधिहरूसँग परिचय आदानप्रदान भयो। साथै उपस्थित श्रमिकहरूले गोर्खा जनमुक्ति मोर्चाले निरन्तर रूपमा श्रमिकहरूको हित, अधिकार र आधारभूत आवश्यकताप्रति देखाएको संवेदनशीलता तथा प्रतिबद्धताको प्रशंसा गर्दै पार्टीप्रति आफ्नो विश्वास अझ मजबुत बनेको बताएका छन्।

गोर्खा जनमुक्ति मोर्चा केवल एउटा राजनीतिक पार्टी मात्र नभई पहाड, तराई र डुवर्सका श्रमिक, मजदुर तथा आम जनताको आवाज बोकेको क्षेत्रीय शक्ति हो। श्रमिकहरूको हक, अधिकार र सम्मानको संरक्षण गर्दै उनीहरूको जीवनस्तर बलियो बनाउन पार्टी सदैव अग्रसर रहने प्रतिबद्धता पुनः दोहोर्याइएको छ।

Share this news
आजको रोजाइ
रेलिङ भुवनेश्वर शिवलयमा शिव महापुरण हुने

रेलिङ भुवनेश्वर शिवलयमा शिव महापुरण हुने

हिल तराई डुवर्स माध्यमिक शिक्षक संगठन गठन

हिल तराई डुवर्स माध्यमिक शिक्षक संगठन गठन

गोरामुमोको सहिद दिवस जीडीएनएस मैदानमा हुने

गोरामुमोको सहिद दिवस जीडीएनएस मैदानमा हुने

८२औँ बलिदान दिवसः बहुजातीय कलाकारद्वारा ‘गोर्खा जागरण गीत’ गाइने

८२औँ बलिदान दिवसः बहुजातीय कलाकारद्वारा ‘गोर्खा जागरण गीत’ गाइने

इक्का मन पर्यो ? यहाँ केही कोर्टरूम थ्रिलरहरू छन् जुन तपाईंले हेर्नुपर्छ

इक्का मन पर्यो ? यहाँ केही कोर्टरूम थ्रिलरहरू छन् जुन तपाईंले हेर्नुपर्छ

राज्यपाल माथुरद्वारा गान्तोकको २१२ औं भानु जयन्तीमा सहभागिता

राज्यपाल माथुरद्वारा गान्तोकको २१२ औं भानु जयन्तीमा सहभागिता

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र फलमुखी संस्थाका रूपमा विकास गर्ने

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र फलमुखी संस्थाका रूपमा विकास गर्ने

देवीमाया कटुवालको अत्यन्तै जीर्ण र जोखिमपूर्ण घरमा टार्पोलिन जडान

देवीमाया कटुवालको अत्यन्तै जीर्ण र जोखिमपूर्ण घरमा टार्पोलिन जडान

बैंककको एक पबमा आगलागी, कम्तिमा २७ जनाको मृत्यु, २२ घाइते

बैंककको एक पबमा आगलागी, कम्तिमा २७ जनाको मृत्यु, २२ घाइते

गोरानासं लिङ्गे-मेरिबुङ शाखाको संयुक्त सांगठनिक सभा सम्पन्न

गोरानासं लिङ्गे-मेरिबुङ शाखाको संयुक्त सांगठनिक सभा सम्पन्न

आजको रोजाइ