जीटीए प्रमुखद्वारा समस्या समाधान गरिदिने आश्वसन

Share this news

जीटीए प्रमुख अनित थापाले विभागीय अधिकारीहरूसित कुरा गरी मिरिक नगरपालिका वार्ड नम्बर पाँच कृष्णनगरबासीको समस्या समाधान गरिदिने आश्वसन दिएका छन्। कृष्णनगरबासीले कृष्णनगर क्लबमा थापासित भेट गरि कृष्णनगरमा एउटा कार पार्किङ निर्माण गरिदिने, सिक्किमको एमजी मार्ग जस्तै सडक कृष्णनगरमा निर्माण गरिदिने अनि कृष्णनगर क्लब भवनको बढोत्तरी गरिदिने अनुरोध गरेका थिए। थापाले भवनको बढोत्तरी चाँडै गरिदिने अनि कार पार्किङ र सडक मार्गप्रति विभागीय अधिकारीहरूसित कुरा गरेपछि पहल गरिदिने आश्वसन दिए। यस अवसरमा क्षेत्रीय सभासद मिलेस राई,कार्यकारी सभासद अरूण सिग्ची आदि पनि उपस्थित थिए।
यस अवसरमा बोल्दै कृष्णनगर क्लबका अध्यक्ष अरबीन आङला सुब्बाले कृष्णनगरमा कुनै वाहन नरोकिने हुनाले कृष्णनगर सुनसान बन्नका साथै व्यापार बाणिज्य ठप्प भएकोले कार पार्किङ र एमजी मार्ग जस्तै सडक निर्माण गरिदिने अनुरोध कृष्णनगरबासीले गरेको बताए।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा